काठमाडौं-एकीकृत माओवादीको भातृ संगठन वाइसिएलले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। ३० दलीय मोर्चाले १६ गते गर्न लागेको आमसभाको तयारीकै क्रममा लाठी सहित मार्च पास गरेको हो।
एमाओवादी नेता जनार्दन शर्मा, हिसिला यमी, गंगा श्रेष्ठ लगायतका नेताहरुले मार्चपासको नेतृत्व गरेका थिए। रातो टोपि र लाठी सहितका युवाले प्रदर्शन गरेका थिए।
स्वयसेवक परिचालन समितिका मध्यकमाण्ड संयोजक गंगा श्रेष्ठले १६ गतेको कार्यक्रमको लागि काठमाडौं केन्द्रीत प्रदर्शन भएको बताए। उनले आजको प्रदर्शन रोलकल मुलक मार्चपास भएको जानकारी दिए। १६ गतेको कार्यक्रमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा युवा मार्चमा निर्देशन दिइएको श्रेष्ठले बताए। मार्चापास भृकुटिमण्डप बाट सुरु भएर शहिदगेट, रत्नपार्क, पुतलिसडक हुँदै पुन: भृकुटिमण्डपमा आएर सकिएको थियो।
– See more at: http://www.nagariknews.com/main-story/story/33688.html#sthash.352rDwXZ.dpuf