आगामी शुक्रबार हुने साँस्कृतिक कार्यक्रमको तयारी पुरा


ईन्द्र भुसाल,कुवेत

11001740_658501587595263_4115080189030382419_nप्रबाशमा जागिरे जिन्दगी बिताएपनी आफ्नो कला र नेपाली सँस्कृतिकको लागि परेका प्रबाशी नेपाली कलाकारहरुको संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतले आगामी शुक्रबार आर्थात २७ फेब्ररीमा आयोजना गर्ने साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाईएको छ । कुवेतमा कृयाशिल नेपाल कुवेत सास्कृतिक मञ्च ,लालिगुराँस साँस्कृतिक परिवार ,तमाङ घेदुङ साँस्कृतिक फाटका कलाकार र तमु समाज कुवेतका कलाकारहरु यो अन्तराष्ट्रिय कलाकार समाजमा रहेका छन ।
यू ए ई एक्सचेन्जको प्रायोजनमा “हाला” फेब्रुअरीको अबसर पारेर आयोजना गर्न लागीएको उक्त सांस्कृतिक कार्यक्रम सस्थाको दोस्रो वार्षिक उत्सबको अबसर पारेर आयोजना गर्न लाएको हो । “निःशुल्क”भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेर कुवेतवासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिने उदेस्य रहेको जानकारी दिदै कुवेतमा कार्यरत सम्पूर्ण सघ संस्था समाजसेवी , बुद्धिजीवी, पत्रकार, तथा नेपाली दाजु भाइ तथा दीदीबहीनीहरुलाई उपस्थित भई दिनुहुन आग्रह गरिएको छ भने गर्दै कुनै पनी संघ संस्था र ब्यक्ती बिशेषले सो दिनमा आफ्ना कार्यक्रम नजुधाइ समयमै उपस्थित भइदीन समाजका अध्यक्ष तथा चर्चित लोक-पप गायक बिबी मल्ल ठकुरीले हार्दिक अनुरोध गरेका छन ।कार्यक्रम जुधाउने उदेस्य नभएपनी मातृभूमीले आयोजना गरेको फुट्बल कपका बाँकी खेल र फाईनल पनि आगामी शुक्रबार नै हुने भएका छन । खेल मैदान पहिलानै बुकिङ गरिएको ले र गत सुक्रबार मौसमको कारण केही खेल रोकिएकोले आगामी शुक्रबार सबै खेल सम्पन गरिने आयोजकले बताएका छन । सास्कृतिक कार्यक्रम निशुल्क र नेपालीहरुको घनत्व भएको ठाउँमा हुने भएकोले उल्लेख्य नेपालीहरु उपस्थिती रहने अनुमान गरिएको छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.