७९ तल्ले विश्वकै अग्लो टावर मध्यमा पर्ने टर्च टावरमा आगलागी


हिरा बुढाथोकी
FB_IMG_1424503435867दुबई, फागुन ९ – संयुक्त अरब इमिरेट्सको दुबई मेरिनास्थित विश्वकै अग्लो टावर मध्य एकमा गनिने ३ सय ३६ दशमलब १ मिटर तथा (११ सय ५ फिट) अग्लो ७९ तल्ले अत्याधुनिक टर्च टावरमा शनिबार बिहानै आगो लागेको छ । ५२ औँ तल्लबाट आगो लागेको आसपासमा रहेका अपार्टमेन्ट बासिहरुले बटाएका छन्। उक्त क्षेत्रमा ठूलो संख्यामा उद्दारकर्मी , प्रहरी, अग्नी नियन्त्रक, आकास्मिक सेवा एम्बुलेन्स खटिएका छन् । मेरिनाको उत्तरी सडक पूर्ण रुपमा बन्द गराइएको छ भने घटना स्थल वरीपरी कसैलाई पनी प्रवेश गर्न दिइएको छैन ।
दुबईमा हिजो मध्यान्हदेखि तिब्र गतिमा हावाहुरी चलिरहेको छ । तिब्र हावाहुरीकै कारण अगो छोटो समयमा चारैतिर फैलन सफल भएको उद्दारकर्मीको भनाइ छ । आगलागी भएको बिहान ५ बजे मात्र पूर्ण रुपमा जानकारी पाएको भए पनि आगो बिहान साढे २ देखी ३ बजेको बिचमा लागेको अनुमान गरिएको छ ।
तिब्र गतिमा फैलिएको आगोले टावर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने हावा सँगै फैलिएको आगोको लप्काले आसपासका अन्य दुइ अपार्टमेन्ट टावरमा समेत क्षती पुगेको छ । मानवीय क्षती नहोस् भनी उच्च सतर्कता अपनाउँदै आसपासका दुइ अपार्टमेन्ट सहित क्षेतिग्रस्त टावरको समेत सबै मानिसहरु बाहिर निकाली सकिएको र कुनै मानवीय क्षती नभएको बताइए पनि हालसम्म कुनै औपचारिक जानकारी प्राप्त हुन नसकेको घटना स्थलमा रीपोर्ट संकलन गर्न पुगेका संचारकर्मीहरुले रीपोर्टिङ गरिररहेका छन् ।
बलुवासहित ठूलो हावाहुरी चलिरहेकोले उद्दार कार्यमा समेत बाधा पुर्याइरहेको छ । आगो कसरी लाग्यो अनुसन्धान भइरहेको जानकारी दिएको छ ।FB_IMG_14245034435842
– See more at: http://www.ratopati.com/2015/02/21/210567.html#sthash.b2goLTHI.NTrls5jq.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.