अनौपचारिक वार्तामा बस्न सकिने ३० दलीय मोर्चाको निश्कर्ष


तत्काल शीर्षतहको औपचारिक वार्तामा नबस्ने
30-Party-Meet९ फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले तत्काल शीर्षतहमा औपचारिक वार्तामा बस्न नसकिने निष्कर्ष निकालेको छ । तर, अनौपचारिक वार्ता र सम्वाद गर्न सकिने मोर्चाले संकेत गरेको छ ।
प्रचण्ड मोर्चाको शनिबार बसेको बैठकले प्रधानमन्त्रीले पछिल्लोपटक गरेको वार्ता आहृवान यसअघिको भन्दा सकारात्मक भएको तर, अझै पनि वार्ताका उपयुक्त वातावरण नबनेको ठहर गरेको हो । साथै अनौपचारिक वार्तालाई निरन्तरता दिई शीर्षस्तरमै औपचारिक वातावरण बनाउन आग्रह गरेको छ ।
अझै पनि औपचारिक र शीर्ष तहमा वार्ताका लागि उपयुक्त वातारण नबनेको भन्दै ३० दलले भनेका छन्-‘हामी पुनः अहिलेको सकारात्मक प्रक्रियालाई अझ अगाडि बढाउन र कुनै न कुनै न कुनै तह एवं रुपमा वार्तालाई निरन्तरता दिई शीर्षस्तरमै औपचारिक वातावरण बनाउन आग्रह गर्दछौं ।’
प्रचण्डले भने-प्रधानमन्त्रीको वक्तव्य हिजोको भन्दा अलि राम्रो
स्रोतका अनुसार ३० दलको बैठकमा नेताहरुले प्रधानमन्त्रीको आहृवानलाई सकारात्मक भनेका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको वक्तव्य हिजोको भन्दा अलि राम्रो भएको तर, वार्ताका लागि लोभिइहाल्ने अवस्था नभएको बैठकमा बताएका छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने प्रधानमन्त्रीको आहृवान धेरै सकारात्मक भएको बताएका छन् ।
तर, बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने आन्दोलन तुहाउने खेल भएको भन्दै अहिलेको अवस्थामा वार्ता हुन नसक्ने बताए ।तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले अहिले ३० दलले आन्दोलन छाडे अरु कसैले उठाउने बताए ।
सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले वार्ता आहृवान सकारात्मक भए पनि प्रश्नावली समिति खारेज र विगतमा भएका सहमति कार्यान्वयनको प्रतिवद्धता नआएको बताए ।
– See more at: http://www.onlinekhabar.com/2015/02/243855/#sthash.KrTeB3i1.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.