यूएई एक्स्चेञ्ज मातृभूमि फुटबल कप सुरु ,मौसमले गर्दा आजका केही खेल रोकिए


ईन्द्र भुसाल,कुवेत
Matri bhumi2खेलकुद क्षेत्रलाई आफ्नो लगाब देखाउदै आएको मातृभूमि युथ क्लब नेपालले आज आयोजना गरेको यूएई एक्स्चेञ्ज मातृभूमि फुटबल कपका प्रथम चरणका केही खेलहरु आज सम्पन्न भएका छन । कुवेतको सुरा स्थित सुबिधा सम्पन्न फुटबल मैदानमा एक औपचारिक कार्यक्रम बिच एन आर एन ए कुवेतका अध्यक्ष धर्मराज गिरी ले फुटबल लाई हानेर खेलको औपचारिक उधघाटन गर्नु भएको हो । क्लबका अध्यक्ष ॠषि थापा मगरको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथी NRNA अध्यक्ष धर्मराज गिरी रहनु भएको थियो भने माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका अध्यक्ष जय अाले ,मेची कोशी बचत समुहका अध्यक्ष बशन्त थापा मगर ,पत्रकारहरु प्रदिप नेपाली ,पर्देशी खबर डटकमका प्रधान सम्पादक इस्टमान वाईवा लगायत नबराज पराजुली उधघाटन सत्रमा अतिथीको रुपमा रहनु भएको थियो भने अतिथी र पत्रकार हरु आउने क्रम साझ सम्म चलेको थियो । यु ए ई एक्स्चेन्ज का BDM मेनेजर रन्जित पिल्लाई बिसेश अतिथीको रुपमा रहनु भएको प्रतियोगिता मा मैत्रीपूर्ण खेल युएई एक्स्चेन्ज र मातृभूमी B को बिच भएको थियो जस्मा युएई एक्स्चेन्जले ३-२ ले खेल जितेको थियो ।

मैत्रिपूर्ण खेल पछी को पहिलो औपचारिक खेल दुई ससक्त टिम चौधौ गोल्डकप बिजेता अल्घानिम फुट्बल क्लब र आयोजक मातृभूमी बिच भएको थियो जस्मा पहिलो हाप मा १-० ले अग्रता लिएको मातृभूमी A दोस्रो हापमा गएर ५-१ को बिशाल अन्तरले पराजित भएको थियो । मातृभूमी A का प्रमुख डिफेन्डर घाइते भएर मैदान छाडेपछी खेलको नतिजा को अन्तर फराकिलो भएको थियो भने दुबै टिमका खेलाडीहरु अतिनै अनुशासित भएर खेल खेलेका थिए। दोस्रो खेलमा मातृभूमी B नेपाल ले नब प्रतिभा युवा क्लबलाई २-१ को अन्तर ले पराजित गरेको थियो । १-१ को अवस्था रहेको खेलमा दोस्रो हापको अन्तिम समयमा अाएर मातृभूमी बि ले खेल आफ्नो पक्षमा पारेको थियो । तेस्रो खेल NFC र युनिक नेपालको बिचमा दोस्रो हाप सम्म चलिरहेको अवस्थामा अचानक कुवेत को मौसम बदलिएर धुलो उडेपछी खेल स्थगित भएको थियो जुन खेलमा कुनैपनी टिम ले गोल गर्न सकेका थिएनन । Matri bhumi1
फुट्बल कार्यक्रमको सफलताको शुभकना दिदै अतिथी बक्ताहरुले अनुशासित खेल खेल्न सबैलाई आगर्ह गर्दै यो खेलबाट राम्रो खेल खेल्ने खेलाडीहरुलाई पाकिस्तानले अर्को महिना को २० तारिक बाट आयोजना गर्ने प्रबाशी दक्षिण एसियाली फुट्बल खेलमा नेपाली रास्टिय टिम मा खेल्ने अबसर दिने बताउदै यूएई एक्स्चेन्जले नेपाली खेलाडीहरुको खेल प्रतीको लगाब को सम्मान गरेकोमा खुशी ब्यक्त गरेका थिए। यो टुर्नामेण्टका बाँकी खेलहरु आगामी शुक्रबार बिहान ९ बजेबाट सञ्चालन हुने र तेही दिन फाईनल खेल पनि सम्पन्न गर्ने आयोजक ले बताएका छन ।Matri bhumi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.