काठमाडौं,माघ २९–अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको विश्वकपको क्रिकेटको महाकुम्भ विश्वकप आजबाट सुरु हुँदैछ ।
११ औं संस्करणको विश्वकपको उद्घाटन समारोह न्यूजिल्याण्डको क्राइष्टचर्च र अष्ट्रेलियाको मेलबर्नमा हुनेछ । आज उद्घाटन भएपनि औपचारिक खेल भने १४ फेब्रुवरीबाट हुनेछ । प्रतियोगितामा सहभागी १४ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, स्कटल्याण्ड, बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । यस्तै समूह ‘बी’मा वेष्टइण्डिज, दक्षिण अफ्रिका, आयरल्याण्ड, पाकिस्तान, भारत, यूएई र जिम्बावे छन् । प्रतियोगिताको लिग चरणमा ४२ खेल दुवै देशको विभिन्न शहरहरुमा हुनेछ । क्वाटरफाइनलका खेलहरु १८ मार्चबाट क्वाटरफाइनलका लहरु हुनेछ । भने सेमिफाइनल २४ मार्चबाट न्यूजिल्याण्डको अकल्याण्डमा र अर्को सेमिफाइनल २६ मार्चमा अष्ट्रेलियाको सिड्नीमा हुनेछ । फाइनल खेल भने अष्ट्रेलियाको मेलबर्नमा मार्च २९ मा हुनेछ ।
२०११ को विश्वकप भारत, श्रीलंका र बंगलादेशले मिलेर आयोजना गरेका थिए । जुन विश्वकपको उपाधि श्रीलंकालाई हराएर भारतले जितेको थियो ।