युएई एक्सचेन्ज मातृभूमी अन्तर नेपाली फुट्बल प्रतियोगिताको टिम दर्ता आउदो शुक्रबार मालियामा हुँदै


ईन्द्र भुसाल,कुवेत
10940558_418974158267476_1875363625611546427_nकुवेतमा रहेका नेपालीहरुलाई सुरक्षित तवरमा नेपालमा पैसा पठाउन बलियो बजार बनाएको युएई एक्स्चेन्जले नेपाली युवाहरुको खेल प्रतिको लगाबलाई मध्यनजर गर्दै जोसिला युवाहरुको सस्था मातृभूमी युथ क्लबको सहकार्यमा बिगत २ बर्षदेखी सञ्चालन गरेको युएई एक्सचेन्ज मातृभूमी अन्तर नेपाली फुट्बल प्रतियोगिता-२०१५ को टिम दर्ता र टाईसिट बितरण पर्सी शुक्रबार मालियाको पोस्ट अफिस अगाडि दिनको १२ बजे हुने मातृभूमी युथ क्लबका अध्यक्ष एबम माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका सदस्य ॠषि थापा मगरले जानकारी दिनु भएको छ ।
जाडो मौसमको अन्त्य हुन लागेको अवस्थामा आयोजना गरिएको यो प्रतियोगितामा उल्लेख्य नेपाली टिमहरुले सहभागीता जनाउने देखिएको छ भने आयोजकले प्रथम हुनेलाई ७० हजार भन्दा बढी नेपाली रुपयाको नगद पुरस्कार ,कप ,मेडल र प्रमाणपत्रको पुरस्कार राखेको छ भने दितिय हुनेलाई पनि नगद पुरस्कार १०१ केडी राखेको छ । युएई एक्स्चेन्जको प्रायोजन रहेको यो ब्रिहत फुट्बल प्रतियोगितामा सहभागीता जनाउन र समयमै टिम दर्ता गर्न आयोजकले आग्रह गर्दै सबैलाई यो कार्यक्रम सफल पार्नपनी अनुरोध गर्नु भएको छ । कुवेतको सुरा स्थित ४ नम्बर र ५ नम्बर रोडको नजिक ४० नम्बर रोडको आडमा गाता नम्बर २ मा रहेको स्तरिय खेल मैदानमा खेल खेलाउने आयोजकले बताएका छन ।
खेल अबधिभर कुनै कार्यक्रम नजुधाईकन कार्यक्रम सफल पार्न आग्रह गर्दै सम्पूर्ण नेपाली सँघ संस्थाहरुलाई मिडिया मार्फत निम्तो पनि आयोजकले गर्नु भएको छ । समरण रहोस् यो कपको उपाधी गतबर्ष आयोजकले नै चुमेको थियो भने पहिलो उपाधी टाईगर टिमले जितेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.