दिल्लीमा आम आदमी पार्टीको ‘चमत्कारिक’ जित


Arbind-kejariwal-wins-delhiनयाँदिल्ली । भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरवाल नेतृत्व आम आदमी पार्टीले कसैले नसोचेको ‘चमत्कारिक’ ढंगबाट जित हात पारेको छ ।

मंगलबार सार्वजनिक मत परिणामअनुुसार दिल्ली विधानसभाको ७० सिटमध्ये ६७ सीटमा मा ‘आप’का उम्मेदवार विजयी भएका छन् । कुनै पनि लोकतान्त्रिक निर्वाचनमा आम आदमी पार्टीले पाएको यो जित अभूतपूर्व हो ।यो जितसँगै ‘आप’का अरविन्द केजरिवाल फेरि दिल्लीको मुख्यमन्त्री बन्ने भएका छन् । यसरी जित्नेमा केजरीवाल आफैंले पनि सोचेका थिएनन् ।

गतसाल भएको अघिल्लो विधानसभा चुनावमा २८ सिटका साथ दोस्रो पार्टी बनेको आपका संयोजक केजरीवाल ४९ दिन मुख्यमन्त्री बनेका थिए । तर, लोकपाल विलमा आपलाई बाहिरबाट समर्थन गरेको कांग्रेसले भाजपासँग मिलेर विरोध गरेपछि केजरीवाल राजीनामा दिएर सडकमा आएका थिए ।

अहिले उनकै नेतृवमा आम आदमी पार्टीले ‘चमत्कारिक’ जित हात पारेको छ । आपले चुनावमा खसेको कुल मतको ५४ प्रतिशत मत पाएको छ । यो परिणाम आफूले समेत नसोचेको केजरीवालले बताएका छन् । उनका अनुसार आपले ५४ सिटमात्रै जित्ने आंकलन गरेको थियो ।

चुनावमा केजरीवालको ‘झाडू’ले भारतीय जनता पार्टी र कांग्रेस बढारिएको छ । भारतको सत्तारुढ पार्टी भाजपाले ३ सिटमात्रै जितेको छ भने कांग्रेस दिल्लीबाट पूर्णरुपमा बढारिएको छ ।कांग्रेस नेता एवं मुख्यमन्त्रीका उम्मेदवार अजय माकनले महासचिव पदबाट राजीनामा दिएका छन् । अघिल्लो चुनावमा भाजपा ३१ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो भने कांग्रेसले ८ सिट जितेको थियो ।

निर्वाचनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको मत भारतकै जनमत हुने बताएका थिए । तर, शर्मनाक हारपछि भाजपाका नेताहरु दिल्लीको परिणामलाई मोदी सरकारकै मत भन्न नमिल्ने बताउन थालेका छन् ।मोदीले हार स्वीकार गरे

प्रारम्भिक मतगणनामा नै आम आदमी पार्टीले अग्रता लिएपछि भाजपाका नेताहरुले हार स्वीकार गरे ।आपले ६४ सिटमा अग्रता लिएपछि भारतीय प्रधानमन्त्री मोदीले केजरीवाललाई फोन गरेर बधाइ दिएका थिए । केजरीवाललाई चियाका लागि निम्तो दिएका मोदीले दिल्लीको विकासका लागि मिलेर काम गर्ने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

– Sourch: http://www.onlinekhabar.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.