कुवेतवासी नेपालीवाट संकलित रकमबाट सुकुमवासीलाई खाद्यान्न र आर्थिक सहयोग


होमनाथ सापकोटा
1423484539_db lचितवन , २६ माघ । रत्ननगर–५ वाघमारामा रहेका बाढिपीडित सुकुमवासीहरुलाई आज खाद्यान्न,कपडा र आर्थिक सहयोग वितरण गरिएको छ । लालिगुरास साँस्कृतिक परिवार नेपालकुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकमवाट सुकुमवासीहरुलाई खाद्यान्न,कपडा र आर्थिक सहयोग गरिएको हो ।

गत साउन महिनामा आएको बाढिवाट पीडित २१ घर परिवारलाई प्रतिपरिवार एक वोरा चमल,५ किलो दाल,एउटा ब्लाङकेट र एक हजार रुपैयाका दरले सहयोग गरिएको महासचिव लोप्चनले जानकारी दिनुभयो । आर्थिक अभावले जीवनयापन गर्न समस्या भोग्दै आएका सुकुमवासीहरु खाद्यान्न,कपडा र आर्थिक सहयोग पाएपछि खुसी भएका छन ।

10984630_773024049453113_1196153955764467546_nलायन्स क्वल अफ राईनो सिटीले स्थानीय स्तरमा संयोजन गरी आयोजना गरिएको सहयोग हस्तन्तरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल र लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव डिवी लोप्चनले सयुक्त रुपमा सुकुमवासीहरुलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी रत्ननगर–१७ मा रहेको टासी उर्गेन गुम्वालाई पनि कुवेतमा संकलित रकम मध्य ६० हजार ५ सय रुपैया सहयोग गरिएको छ ।

सो अवसरमा लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव लोप्चनले कुवेतमा साँस्कृतिक कार्यक्रम गरेर उठेको र कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकमवाट सुकुमवासीलाई खाद्यान्न,कपडा र आर्थिक सहयोग गरिएको बताउनुभयो । कार्यक्रममा लायन्स क्वल अफ राईनो सिटीका अध्यक्ष राजाराम रेग्मी,रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन,लोक गायक मिलन लामा,राईनो सिटीका पूर्व अध्यक्ष निरज श्रेष्ठ,सचिव पुष्पराज श्रेष्ठ लगायतले वोल्नुभएको थियो ।

10418211_773024249453093_8643846428588575394_nलालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

– Sourchwww.imagenepalnews.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.