रियलमाथि एथ्लेटिको मड्रिडको शानदार जित


Atletico-Madrid२५ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको मड्रिड डर्बीमा एथ्लेटिकोले रियलमाथि ४–० को जित निकालेको हो ।

यसको प्रत्यक्ष फाइदा भने बार्सिलानाले उठाउन सक्नेछ । आइतबार राति हुने खेलमा उसले जित हात पार्न सके लिग लिडर रियल मड्रिडसँगको अंक दुरीमा एकमा झार्नेछ ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले १४ औं मिनेटमा थिएगोको गोलबाट अग्रता लियो । त्यसको चार मिनेटपछि नै सउल निगुएले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर पारे ।

खेलको ६७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले घरेलु टोलीका लागि तेस्रो गोल गरे । ८९ औं मिनेटमा मारियो मान्जिुकिजले गोल गरेपछि मड्रिड डर्बीमा एथ्लेटिको ४–० ले विजयी भएको छ ।

हारपछि पनि रियल मड्रिड २२ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान ५० अंक छ । तर, बार्सिलोनाले एक खेल कम खेलेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.