मगर सँघ कुवेतले “शहिद लखन थापामगर रनिङ् गोल्ड कप” १३ मार्चमा आयोजना गर्दै


जय आले, कुवेत  

GOLD CUP०६ फेब्रुअरी २०१५ । मगर सँघ कुवेतले नेपालका प्रथम शहिद लखन थापा मगरको स्‍मृतिमा गत वर्षदेखी सञ्चालन गर्दै आएको “शहिद लखन थापामगर स्‍मृति रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्ट”को दोश्रो श्रीङ्खला यहि आगामी १३ मार्च २०१५ शुक्रबारका दिन ३२औं मगर दिवसको अवसर पारेर सम्पन्न गर्ने भएको छ ।

सन् २०१२ मा आफ्नो स्थापना पश्चात मगर सँघ कुवेतले मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकरातीको अवसरमा कुवेतको नेपाली समाजलाई गोल्ड कप सहितको ब्रिहत माघी भोज कार्यक्रम दिंदै आएको भए पनि यस वर्ष भने विविध कारणवश स्थगित गर्दै ३२औं मगर दिवसको अवसर पारेर गोल्ड कप खेलाउने निर्णय गरेको हो भने जसबाट पर्न गएको असुविधा प्रति सम्पूर्ण प्रबासी नेपालीहरुबीच सँघले क्षमा याचना गरेको छ ।

आज ०६ फेब्रुअरीमा खैतानस्थित सभा हलमा सँघका प्रथम उपाध्यक्ष मनु भुजेल मगरको अध्यक्षतामा बसेको सँघको २८औं पूर्ण बैठकले लखन थापामगर गोल्ड कप मगर सँघको मात्र नभई सम्पूर्ण खेलप्रेमी नेपाली जन-समुदायको साझा कप भएकोले उक्त दिन कुनै पनि नेपाली सँघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना नगरिदिनु हुन र जसलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग तथा सल्लाह, सुझाव दिनको लागि अनुरोध समेत गरेको छ ।

फाहाहिलस्थित सि-साईड क्लवको खेल मैदानमा सम्पन्न गरिने यो गोल्ड कपको टिम दर्ता तथा टाईसिट भने सँघले ०६ मार्च २०१५ का दिन मातृभूमी युवा क्लव द्वारा आयोजना गरिने फुटबल खेलको फाईनलको दिन फुटबल खेल मैदानबाटै सार्वजनिक गर्ने निर्णय गर्दै कुवेतस्थित सम्पूर्ण भलिवल टिमहरुलाई गोल्ड कप चुम्ने तयारीमा रहनको लागि पनि अनुरोध गरेको छ ।

बैठकले गोल्ड कपलाई अझ सशक्त तथा चुस्त रुपले सम्पन्न पार्न मगर सँघ कुवेत केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारीहरु सदस्य रहने गरि निम्न संयोजक समिति गठन गरेको छ ।

जसमा:
कार्यक्रम संयोजक – जय आले मगर (महासचिव)
उप-संयोजक – बसन्त थापा मगर (कोषाध्यक्ष)

खेलकुद संयोजक – हिरा दर्लामी मगर (उपाध्यक्ष)
उप-संयोजक – ऋषि थापा मगर (बरिष्ट सदस्य)

जलपान संयोजक – पुष्प पुर्वछाने मगर (सल्लाहाकार)
उप-संयोजक – बम पुलामी मगर (सल्लाहाकार)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.