कोसेलीको छैटौं वार्षिक उत्सव १३ फेब्रुअरीमा


जय आले, कुवेत

Capture०६ फेब्रुअरी २०१५ । कुवेतबाट सञ्चालित रहँदै आएको एक मात्र छापा पत्रिका मरुभुमिको कोसेलीले आफ्नो छैटौं वार्षिक उत्सव यही फेब्रुअरी महिनाको १३ तारिख खैतानको राजाधानी रेष्टुरेन्टमा मनाउने भएको छ ।

नेपालकुवेत डट कम (अनलाईन पत्रिका) अन्तर्गत रहेको छापा पत्रीका कोसेलीले हरेक साल आफ्नो वार्षिक उत्सव एक भव्य कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएको छ भने कोसेलीले कुवेतको नेपाली समाजमा कृयाशिल रहेर समाज परिवर्तनका लागि हरेक क्षेत्रबाट योगदान दिने व्यक्तित्वहरुलाई दोसल्ला ओढाई, प्रमाण-पत्र र मायाको चिनोले सम्मान समेत गर्दै समाज सेवा प्रति जागरुक हुने मानविय सोंचलाई थप प्रोत्साहित पनि गर्दै आएको छ ।

कोसेलीले बिगतका बर्षहरुमा सम्पूर्ण नेपाली जन-समुदायलाई आमन्त्रण गरि वार्षिक उत्सव मनाउँदै आएको भए पनि अहिलेको छैटौं वार्षिक उत्सवमा भने संख्यात्मक भन्दा गुणात्मक उपस्थिती गराई भिन्न र स्तरिय किसिमले मनाउने सोंच राखेको कोसेलीका संस्थापक तथा एम.डी. सुजन केसीले कुवेतनेपाल डट कमलाई जानकारी गराए ।

करिब १५० भन्दा धेरैलाई सहभागिता नगराईने कार्यक्रममा विशिष्ट व्यक्तित्व, समाजसेवी, कोसेलिका सहयोगी पाठकहरु, बुद्धिजीवी, व्यवशायी, पत्रकार, नेपाली दुतावास र कोसेली परिवारको मात्र सहभागिता रहने बताउँदै, निमन्त्रणा गरिएको व्यक्ती वा निजको प्रतिनिधिलाई मात्र कार्यक्रममा प्रवेश दिईने र आमन्त्रित कसैले पनि आफ्नो साथी वा अरु कोही लिएर नआउनका लागि पनि एम.डी. केसीले अनुरोध गरे ।

छैटौं वार्षिकोत्सवको अवसरमा कोसेलीले आफ्नो २३औं अंक समेत बजारमा ल्याउने जनाएको छ । कुवेतमा कार्यरत रहेका सशक्त पत्रकारहरुको समुहले सञ्चालन गर्दै आएको र बरिष्ट पत्रकार तोयानाथ दाहाल प्रधान सम्पादक रहेको कोसेली छापा पत्रिका कुवेतको नेपाली समाजमा निकै सशक्त र लोकप्रिय पत्रिका मानिन्छ भने यसका बजार व्यवस्थापकहरुले कुवेतको हरेक क्षेत्र, शहर, होटल, बैंक र कुना-कुनामा कोसेली पत्रीका उपलब्ध गराउँदै आएका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.