सजिलो छैन प्रक्रियाबाट संविधान जारी गर्न


ca-meeting संविधान जारी गर्ने गरी बनेको कार्यतालिका असफल भयो । संविधानसभाले त्यो कार्यतालिका संशोधन गरेको छैन । कार्यतालिका संशोधन नभए पनि संविधान निर्माणकार्य प्रक्रियामा गएको छ । विपक्षी दलहरुले संविधानसभा र वार्ता नै वहिस्कार गरेर आन्दोलनमा जाने निर्णय गरिसकेपछि विपक्षीको सहभागिता बिना नै संविधानसभा अघि बढ्ने देखिएको छ ।

एकीकृत नेकपा माओवादीले बुधबार आफ्ना सभासदहरुलाई जिल्ला र गाउँ जान तथा संसदका समितिहरुमा पनि उपस्थित नहुन निर्देशन दिएपछि राजनीतिक परिस्थिति अरु तिक्ततापूर्ण हुन पुगेको छ । तर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफैंले प्रश्नावली समिति बनाएर त्यसलाई पारित गराएपछि अब संविधान लेखनकार्य प्रक्रियाले पूरा हुने देखिएको छ ।

संविधानका विवादित विषयहरुको प्रश्नावली माघ १७ देखि निर्माण गर्ने कार्यतालिका छ तर, समितिमा विपक्षी गठवन्धनका सभासद् सामेल भएका छैनन् । त्यसैले, समितिको काम कसरी अगाडि बढ्छ भन्ने प्रश्न उठ्न थालेको छ ।

प्रमुख राजनीतिक दलहरुबीच सहमति नभएपछि संविधानन लेखन कार्यतालिका अनुसार नै प्रश्नावली समिति बनाएर अघि बढ्न खोजिएको हो । ’cause सहमति नभएर संविधानसभाको बैठकमा संविधानको अन्र्तवस्तु सम्बन्धमा निर्णय गर्न नसकेपछि ती विषयहरुलाई प्रश्नको रुपमा पेश गर्नुपर्ने व्यवस्था बमोजिम कार्य अघि बढेको छ ।

प्रश्नावली समितिले प्रश्नावली तयार पारेपछि सो प्रश्नहरु एक एक गरेर संविधानसभा बैठकमा पेश गरिन्छ । प्रश्न पेश गर्ने काम अध्यक्ष स्वयंले गर्ने व्यवस्था नियमावलीमा रहेको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदनमा असहमतिका विषयमा कतिपय प्रश्नहरु बनाइसकेको छ । त्यहाँ भएका प्रश्नहरुका साथै नयाँ प्रश्न बनाएर प्रस्ताव समितिले प्रश्नावली बनाउँछ ।

यसरी निर्धारणा गरिएको प्रश्नावलीसहित संविधानको मस्यौदा बनाएर जनताको सुझाव लिएपछि त्यसलाई संविधानसभामा पेश गरेपछि पारित गर्न दुई तिहाई चाहिन्छ । तर, संविधानको अन्र्तवस्तुमा निर्णय गर्न संविधानसभामा दुई तिहाई बहमुत चाहिँदैन, साधारण बहुमत भए पुग्ने व्यवस्था रहेको छ ।

त्यसैले प्रस्ताव समितिले संविधानसभा बैठकमा पेश गर्ने प्रश्नावली पारित गर्न दुई तिहाई चाहिँदैन, साधारण बहुमतले हुन्छ । साधारण बहुमत भनेको संविधानसभामा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हो ।

संविधानसभा अध्यक्षले प्रश्नावली पेश गर्ने अवस्था आएमा बैठकमा सत्ता गठवन्धनले चाहेको पक्षमा आरामसँग बहुमत पुग्नेछ । तर, सामान्यकालमा प्रश्नावली बनेर आएको भए, अनि, तटस्थ बस्नेको मत धेरै भएर कुनै प्रश्न पारित नभएमा के गर्ने भन्नेमा नियमावली मौन रहेको छ ।

कुनै प्रश्न बहुमतले पारित नगरेको अवस्था त्यसलाई थप प्रकृयामा कसरी अगाडि बढाउने भन्ने निर्णय संविधानसभा अध्यक्षले गर्छन् ।

तयार भएको प्रश्नावली संविधानसभा बैठकले पारित गरेर संविधान मस्यौदा समितिमा पठाइन्छ । यो समितिले संविधानको मस्यौदा तयार पार्नेछ । सो मस्यौदा संविधानसभाको बैठकमा पेश गरिने छ ।

मस्यौदामा सभासद्हरुले संशोधन गर्न चाहेमा संशोधन प्रस्ताव पेश गर्न सक्नेछन् । मस्यौदा होस् या संशोधन प्रस्ताव, साधारण बहुमतले पारित हुन्छ ।

मस्यौदा पारित भएपछि त्यसलाई नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । त्यसपछि जनताले मस्यौदा उपर आफ्नो रायसुझाव दिन पाउनेछन् ।

यो त भयो तरिका । तर संविधानसभामा विपक्षी दलका सभासदको उपस्थिति नहुने भएपछि त्यसमाथि प्रश्न उठाउन अरु सजिलो हुनेछ । सत्तापक्षले दुई तिहाईको दम्भ देखाएर पेल्न खोजेको आरोप लगाइरहेका विपक्षीहरुको वहिस्कारकाबीच सत्तापक्षले मात्र संविधानसभा चलाएर अघि बढेमा संसदीय तानाशाहीको सुरुवात भएको समेत मान्न सकिनेछ ।

विपक्षीहरु यसैको मौकामा छन् । उनीहरु लोकतन्त्रको दुहाई दिने दलहरुले नै लोकतन्त्र र संसदीय व्यवस्थाको धज्जी उडाएको भन्दै आरोप लगाउन सजिलो हुनेछ । नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरुले सत्तापक्षको बहुमतीय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सहमतिमै जान दवाव दिइरहेका बेला यसको लाभ विपक्षीले उठाउने छ ।

प्रश्नावली समिति बनाएपछि ५ दिनका लागि संविधानसभा स्थगत गरिएको र यसबीचमा सहमतिको प्रयास हुने बताइए पनि बिहिबारसम्म सहमतिका लागि कुनै पहल भएको छैन । सत्ता गठबन्धन र प्रक्रियालाई साथ दिने दलहरुल विपक्षीसंग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री सुशील कोइरालालाई दिए पनि त्यस्तो कुनै छलफल चलेको छैन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.