भोलि परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । धार्मिक र अध्यात्मिक दृष्टिकोण ले यो चाड हिन्दु हरु को लागि अति नै महत्व पूर्ण चाड हो । भगिरथले माघे संक्रान्ति कै दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे संक्रान्ति का दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।
मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ भने संखुवा-सभाको बरुण धाम, मनकामना धाम, गुप्तेृश्वर गुफा, सभापोखरी तथा कार्तिके घाटमा स्नान गर्नेको घुइचो लाग्ने गर्दछ। माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुन्छ ।यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ ।