समयमै एमअारपी नबनाए नेपालीहरू कुवेतमै अबैध हुन सक्ने


डम्बर रिमाल (माइला)

लगभग ६१,००० ( एक साठ ) हजार नेपालीहरू  मध्ये ,जम्मा १३,००० (तेह्र हजार) नेपालीले  मात्र नेपाली दुतावास कुवेतबाट  एमअारपी  पासपोर्ट लिएको रेकर्ड।

   पासपर्ड लिंक कुवेत सरकारको अाँकडाअनुसार अहिले सम्म कुवेतमा नेपालीहरूको संख्या ६१,००० (एकसाठि) हजारको हारा हारीमा रहेको पाइएको छ। नेपाली दुतावास कुवेतका नव नियुक्त महामहिम राजदुत यज्ञ बहादुर हमालले जानकारी दिए अनुसार नेपाली दुतावास कुवेतको अहिले सम्मको रेकर्ड अनुसार १३,००० (तेह्र हजार) नेपालीले एमआरपी पासपोर्ट बुझेका छन। केहि नेपाली छुट्टीमा जाँदा नेपालमा राहदानी बनाएर फर्किएको पाइएको छ तेसमा सरदर १,००० (एकहजार) नेपालीले एमआरपी बनाए होलान भन्ने अनुमान राजदुत हमालले लगाउनु भएको थियो । करिब ४६,००० (छयालीस हजार) कुवेतश्थित नेपालीहरूले अझै एमआरपी लिन बाँकी रहेको अवस्थामा, नेपाली दुतावास कुवेतमा न्युन संख्यामा एमआरपी पासपोर्ट बनाउन भनि आवेदन दिन आउने गरेको पाइएको छ।

नेपाली दुतावास कुवेतको रेकर्ड अनुसार दैनिक ५० जनाको हाराहारीमा एमआरपी पासपोर्ट बनाउन भनि आवेदन दिन नेपालीहरू आउने गरेको पाइएको छ। यस्तो स्थितिमा  यहि वर्षको नोभेम्बर २४ पछि विश्वभर हस्तलिखित राहदानी मान्य हुँदैन। पासपोर्ट बनाउने मिती मात्र १० महिना बाँकी रहेको र तेसमा बिदाको दिन कटाउदा धेरै कम दिन बाँकि रहेको अबस्था छ।

नेपाल सरकारले २०६७ पुसबाट एमआरपी जारी गर्न थालेको हो । हस्तलिखित राहदानी उपयोग गर्न नमिल्ने तिथि नजिकिँदै जाँदा । छ महिना म्याद बाँकी नरहेको राहदानीमा प्रवेशाज्ञा नदिइने अन्तर्राष्ट्रिय प्रचलनका कारण अबको छ महिनामा सबै राहदानी विस्थापित गरिसक्नुपर्ने चुनौती छ । समयमा एमआरपी नपाएर आफ्नै नागरिक विदेशमा अवैध हुन सक्नेछन्। वा सरकारले सबैलाई नेपाल फिर्ता बोलाउनुपर्ने हुन्छ, त्यो पनि राहदानी दिन नसकेको भनेर ।

माथिको अाँकलन अनुसार, नेपाली दुतावास कुवेतमा दैनिक जसो २३० भन्दा बढिले आवेदन दिनु पर्ने अवस्थामा जम्मा ५० जनाले मात्र आवेदन दिन आउनु दुखद कुरा हो भनि राजदुत हमालले भेटको क्रममा  चिन्ता ब्यक्त गर्नु भएको थियो ।

यस्तो अवस्थामा भोली कुवेत बासी नेपालीले ठुलो घाटा ब्यहोर्नु पर्ने श्थितिको सृजना नहोस भन्ने हिसाबले राजदुत हमालले बिभिन्न निकाय संग समन्वय गरि एमआरपी पासपोर्ट बनाउन चुस्त तरिका अपनाइ रहेको जानकारी पनि गराउनु भएको थियो। उहाँले कुवेत श्थित विभिन्न संघ संस्था, पत्रकार, मिडिया, कुवेतको सरकारी निकायहरू सबै संग समन्वय राखि यसको समाधानको उपाय खोजिरहेको जानकारी समेत गराउनु भएको थियो ।

साथै यसै समाचारलाइ सुचना मानि संम्पुर्ण कुवेतबासी नेपालीहरू, जो जसले एमआरपी पासपोर्ट बनाउन ढिला सुस्ति गरि रहनु  भएको छ। उनिहरूले नेपाली दुतावासमा सम्पुर्ण कागजातका साथ पुगि एमआरपीको फारम भर्न ढिला नगरिदिन हुन आग्रह गर्नु भएको थियो।

नेपाली राजदुतावास, कुवेतको मसिन रिडेवल पासपोर्ट जारी सम्बन्धी अत्यन्त जरूरी सुचना (क)

Rahadani 1

नेपाली राजदुतावास, कुवेतको मसिन रिडेवल पासपोर्ट जारी सम्बन्धी अत्यन्त जरूरी सुचना (ख)

rahadani 2

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.