Daily Archives: 04/01/2015

कुवेतवासी नेपालीले रात्रीभोजमा रमाउँदै शुभकामना साटे


जय आले, कुवेत

20150103_215909४ जनवरी २०१५ । मातृभूमी युवा क्लव, कुवेतद्वारा गत ०२ जनवरीमा आयोजित अन्तर नेपाली भलिवल प्रतियोगितामा सहभागी १० टिमहरुलाई पराजित गर्दै, प्रतियोगिता बिजेताको उपाधी चुमेको खुशीयालिमा नव-प्रतिभा युवा समाज, कुवेतले पढ्नेक्रम जारी राख्नुहोस्

जर्बजस्ती मतदान भए २ सय सभासद् संविधानसभामै मर्न तयार छौंः भट्टराई


220px-Baburam_Bhattaraiकाठमाडौं पुस २०–एकिकृत नेकपा माओवादीका नेता एंव पूर्वप्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराईले आइतवार दिउँसो ‘सामाजिक संजाललाई प्रभावकारी प्रयोग कसरी गर्ने ?’ भन्ने विषयमा अन्तक्र्रिया गर्ने क्रममा जिज्ञासुहरुको जवाफ दिदैं ‘संविधानसभामा जर्वजस्ती पेल्न खोजिए, पहिचान पक्षधर करिब २ सय सभासद् संविधानसभाभित्रै मर्न तयार भएको बताएका छन्’ ।

पहचिान विरोधी शक्तिले बहुमतको आडमा पहिचान पक्षधरहरुलाई पेल्न खोजे र जर्वजस्ती मतदानमा गए आफुहरु पनि संविधानसभामै मर्न तयार रहेको उल्लेख गरेका हुन् । ‘रगत बग्ने स्थिति भएछ भनेपनि पछि नहट्ने’ उनको कथन थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीलाई मृत्युदण्ड पुनरावेदनबाट पनि सदर


दोहा (कतार), पुस २० – कतारको पुनरावेदन अदालतले स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो अदालतको फैसलालाई सदर गरेको छ । मार्च ३१ तारिखमा ‘क्रिमिनल कोर्ट’ले मृत्युदण्डको फैसला गरेपछि कार्की पुनरावेदन गएका थिए । ‘पुनरावेदनले पनि मलाई मुत्युदण्ड दिने फैसला सुनायो,’ कार्कीले कान्तिपुरसँग भने । २०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अब विदेशका कार्यस्थलमै राहदानी


Passport_20150104084132काठमाडौ, पुस २० – रोजगारीका लागि विदेशमा हुनुहुन्छ र हस्तलिखित राहदानी छ भने अब चिन्ता लिनु पर्दैन । सरकारले कामदारहरू भएकै ठाउँमा आएर मेसिन रिडेबल पासपोर्ट -एमआपी) दिने प्रक्रिया अघि बढाएको छ । घरदैलो कार्यक्रममार्फत चार देशमा रहेका नेपाली कामदारलाई यस्तो सुविधा दिन लागिएको हो ।  पढ्नेक्रम जारी राख्नुहोस्