Daily Archives: 03/01/2015

मातृभूमी भलिबल प्रतियोगिताको उपाधी नव-प्रतिभाको कब्जामा


सुरेश गुरुङ, कुबेत

pic-2०३ जनवरी २०१५ । कुवेतमा नयाँ बर्ष २०१५ को अबसरमा मातृभूमी नेपाल युथ क्लब कुवेतले आयोजना गरेको अन्तर नेपाली भलिबल प्रतियोगिता-२०१५ को उपाधी नव-प्रतिभा युवा समाज कुवेतले आफ्नो पोल्टामा पार्न सफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबाशी नेपाली मञ्च कुवेतले बनभोज कार्यक्रम सम्पन्न गर्‍यो


ईन्द्र भुसाल ,कुवेत

कुवेतको नेपाली समाजमा गठित ने.क. पा. एमालेको भात्री संगठन प्रबाशी नेपाली मञ्च कुवेतले नयाँ अङ्रेजी बर्ष २०१५ को अबसरमा कार्यकर्ता भेटघाट एबम शुभकामना आदान प्रदान कार्यक्रम एक बनभोजको आयोजना गरी समपन्न गरेको समाचार मञ्चका सचिब धिरेन्द्र जङ शाहले दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किराँत याक्थुङ चुम्लुङको अध्यक्षमा दुर्गा चेम्जोङ


ईन्द्र भुसाल,कुवेत

10917601_783394291740304_892646303_nस्थापना पछी कुवेतको नेपाली समाजमा कृयाशिल हुँदै आएको संस्था किराँत याक्थुङ चुम्लुङले आफ्नो पर्व चोसाक तङनाम मनाउदै दोस्रो अधीवेशन पनि सम्पन्न गरेको समाचार छ । लिम्बुहरुको जातिय पहीचान ,धर्म र सस्क्रितीलाई जगेर्णा गर्दै कुवेतमा रहेका लिम्बु तथा किरातहरुलाई एउटै मालमा आबद्ध बनाउदै दु:ख सुखको साथी बन्ने उदेस्य स्वरुप गठन भएको यो सस्थाले अधिवेशनमा निबर्तमान उपाध्यक्ष दुर्गा चेल्जोङलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको जनाईएको छ । नेत्र लावती प्रमुख अतिथी रहेको कार्यक्रममा एन आर एन ए अध्यक्ष धर्मराज गिरी बिशेष अतिथी रहेको कार्यक्रममा कार्यक्रमको सभापतित्व अध्यक्ष शिव सुब्बाले गर्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

आफन्तलाई जेल पठाएको भन्दै सर्वोच्चका न्यायधीश बमको हत्या


सुवास गोतामे

ranabahadur-bam_(1)_610798152बमका हत्यारालाई प्रहरीले साढे दुई वर्षपछि समात्यो

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न अभियुक्त प्रहरीले पक्राउ गरेको छ। प्रहरीले करिब साढे दुई वर्ष लामो अनुसन्धानपछि अभियुक्‍त समाउन सफल भएको हो।  पक्राउ परेका चारमध्ये एक चुरे भावर पार्टीका पूर्व कार्यकर्ता बाबु थापा छन्। बम सम्मिलित इजालसले आफ्नो मानिसलाई जेल पठाउने फैसला गरेको भन्दै बदला लिन हत्या गरेको अनुसन्धानबाट देखिएको छ। प्रहरीले करन चौधरी शिव चौधरी र संजय मगरलाई पनि पक्राउ गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्ड मोर्चा १० प्रदेशको सहमति नजिक पुग्यो


सुनकोशी र नारायणी हट्ने, शेर्पा थपिने
१९ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले पहिचानसहितका १० प्रदेशको साझा खाका सार्वजनिक गर्ने तयारी गरेको छ । मोर्चाले राज्य पुनसंरचना आयोगको १० र राज्य पुनसंरचना समितिको १४ प्रदेशलाई सामान्य फेरबदल गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तीन दिनभित्र परिणाम निस्कन्छ : प्रधानमन्त्री


SushilKoirala-pm_20150103024151काठमाडौ, पुस १९ – प्रधानमन्त्री सुशील कोइरालाले तीन दिनभित्र संविधान निर्माणका सम्बन्धमा परिणाम निस्कने बताएका छन् । प्रधानन्यायाधीश रामकुमार साहको सम्मानमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संबिधान निर्माण नै अहिलेको प्राथमिकता भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्