मेरो लाउरे साथीलाई खाडी लाउरेको अटुट सम्झना ………..


ईन्द्र भुसाल ,कुवेत
1525395_594845110595224_360044316_nप्रिय साथी हिमान बिध्यालयबाट छुटेको दिनदेखी आजसम्मको सम्झनाको साथमा धेरै माया तिमीलाई । २०४८ सालको SLC पछी शायद हामी एक दुई पटक भन्दा भेटहुन सकेनौ र आफु भारतीय सेनामा प्रबेश गरेपछी त झन हाम्रो भेट नै भएन । करिब २० बर्षको लामो अन्तरालमा सयौ पटक साथीहरुको सम्झना र बिधार्थी जीवनका रमाईला पलको याद गरेर समय गुज्रियो । तिमी रोजगारिकै शिलशिलामा भारतीय सेनामा भर्ती भएको खबर साथीहरुबाट थाहा पाएको थिए र आफ्नो बिदामा घर फर्किदा हाम्रो घरतिर पनि गएको थाहा पाएको थिए तर समयको खेल चाहेरपनी हाम्रो भेट हुन सकेन । आफ्नो बाध्यताले गर्दा बेलैमा शहर पसे म अनी तिमीपनी लागेछौ मुग्लान तिर ।
साथी २० बर्ष भन्दा बढीको अन्तरालपछी फेशबुकले हामीलाई फेरी मिलाएको छ र लामो समयपछी को हाम्रो लामो फोन कलपनी बिगतकै बिषय कोट्याएर सकिएको थियो । मित्र भारतिय सेनाको जागिर को ’boutमा कहिलेकाही भान्जा खड्क मल्ल सँग कुरा हुन्थेयो र उहा आफ्नो बिदामा नेपाल आउँदा पोखरामा भेट्नै आउनु हुन्थेयो । समयको चक्र सँगइ तिमीले कारगिल को चिसो हिमाल देखी राजिस्तानको मरुभुमी अनी भर्ती हुँदाको बनारस देखी राजधानी डिल्ली सम्म आफ्नो कर्तब्य पालन गरेउ । राजिस्तानको मरुभुमीमा तिमी पुग्दा खाडी लाउरे साथीलाई सम्झेउ कि के गरेउ तर दैनिक टेलिभिजनमा आउने कार्गिल देखी श्रीनगरका घटना सम्झिदा सबै लाउरे साथीको अतिनै याद आउने गर्थो । बिदा आउँदा भान्जाले जाडोको लागि जकेट किनेको देख्दा कार्गिलमा जाडोको सिमा नभ्एको ठान्थे । साथी लामो समयपछी संपर्क हुँदा खुशीको सिमानै भएन तर भाग्यको खेल खाडी लाउरे न त दसैंमा घर जान सकेयो नत तिहारमै गये । केजुल छुटी मिल्ने भये शायद भेट हुने थियो तर त्यो पनि हुन सकेन । कुराकानीकै क्रममा आफुले अब पेन्सन निक्लने तयारी गर्दै छु भन्दा समय धेरै बितिसकेको याद गरे अनी सम्झे म वास्तवमै खाडी लाउरे रहेछु न मिल्छ पेन्सन न मिल्छ केजुल छुट्टी ?राइफल को सिरानी हाली धेरै रात जङलमा बिताए होउला अनी धेरै गूधुली साझ कोखेको चौतारी को सम्झना गरी बिताए होउला । समयको खेल अब सकिएको छ तिमी पेन्सन जानेछौ अनी आउनेछन रमाईला दिन त्यो कामना गर्छु ।
मित्र मेरो खबर के छ भनौला अरु केही छैन कालो कपाल फुलेको छ अनी तिमी सँग छुट्टिदा को कलिलो अनुहार बिस्तारै मनिलो हुँदैछ खाडीको यो लाउरे जिन्दगीले गर्दा । धेरै पटक सोचेर पनि केही उपाये नदेखेपछी फर्किदै आउने गर्दा गर्दै एक दसक नाघेको छ खाडीको बशाई अब कती हुन्छ ठेगान छैन । साथी लाम्तुन पढन जादा टिउरेको ढिस्को मा आरम गर्नु र चिउरा बाजी राखेर भलिबल खेल्दाको अबोधपन ले कहिलेकाही सताउने गर्छ भने बजारमा हरियो आप देख्दा आफ्नै घरमा फलेको आप झोलाभरी बोकेर लामो बाटो हिन्दै हामीलाई लियाईदिन्थेउ । यो पालिको बिदामा गुरुदत्त को घरबाट तल तिम्रो घरतिर अनी लाम्तुन तिर फर्केर हेर्दा स्कुले जिन्दगीको धेरै याद आयो । सँगइका साथी लाई सोधेका थियौ बुद्दी सँग मेरो भेट २ बर्ष पहिला भएको थियो भने गेम दुबई तिर छन अनी गंगा र मन्जु सँग फेशबुकले संपर्क बनाएको छ भने हाम्रो जिक्री गुरुदत्त गाउमै ठुलो प्रगती गरेका छन । धेरै भयो अरु साथीहरु सँग कुरा हुन सकेको छैन । तिमी पेन्सन जाने भनेका थियौ के हुँदैछ खबर गर्नु है । बिबिध कारणले गाउ छाडेपनी आफ्नो जन्मगाउ स्वर्ग जस्तै प्यारो हुन्छ अनी महल र सुबिधा नपाएपनी आत्मियता मिल्छ जन्मेको ठाउँमा । मद्यरातको सन्नाटामा आज तिमीलाई पत्र लेख्दा बिधार्थी जीवनका धेरै कुरा सम्झिएको छु जतिबेला हामीले न खाडी लाउरेको कल्पना गरेका थियौ नत कार्गिल को लडाई को । लुकेन्द्र सँग फेसबुकमा संपर्क भएको थियो भने धेरै साथीहरु सँग संपर्क हुने क्रम जारी छ । हामीले SLC दिएपछी लुन्खुबाट फर्किदा बिदाईका हात हल्लाएका थियौ अब आशा गरौ तिनै हात निकै कमजोर भएपची ढल्किदो उमेर सँगइ पुन मिलाउने छौ । लामो फौजी जिन्दगी पार गर्दै अब बिदा हुने बेला तिमीलेपनी यो २० बर्षको अनुभबलाई सम्झनाको तरेलिमा सजाउने छौ भने मैले मरुभुमिको याद लाई मुटुमा राखेर फर्किने बातावरण बनाउदै छु ।
साथी खाडी लाउरे पनि आउने छ फेरी रमाईलो गर्न अनी जाउलानी लाखे हेर्नलाई लुन्खुको बजारमा । सधैं आफ्नो खेयाल गर्नु अनी नेपालमा सबैलाई खाडी लाउरेले सम्झेको छ भन्दिनु । अरे घर परिवार नानीबाबु लाई सोधनै भुलेछु सबै राम्रै होलान । आजलाई बिदा ।
उही तिम्रो साथी
अर्जुन
अरबको खाडीबाट

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.