नेपाली ख्रीष्टियन चर्च कुवैत
सारा संसारका एक मात्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सब (ख्रीष्टमस ) खुसियाली तथा नव बर्षको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र सम्रिद्धिको हार्दिक शुभ कामना ब्यक्त गर्दछौ । साथै यही २५ डिसेम्बर बिहीवारको दिन २०१४ नेपाली ख्रीष्टियन चर्च (मालिया) कुवैत सिटिमा बडा दिन (ख्रीष्टमस कार्यक्रम) भब्यताकोसाथ मनाउने आयोजना गरिएको हुनाले, कुवैतमा रहनुहुने बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, खेलकुद प्रेमी मित्रहरु, समाज सेवी अग्रजहरु, मेनपावार व्यावसायी मित्रहरु, सास्कृतिक, सङ्गित क्षेत्रका कलाकार प्रेमी मित्रहरु, सन्चार मेडिया क्षेत्रका पत्रकार मित्रहरु लगायत सम्पूर्ण कुवैतबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा बडा दिन ख्रीष्टमसको कार्यक्रममा हजुरहरुको गरिमामय उपस्तिथि निम्ती नेपाली ख्रीष्टियन चर्च मालिया कुवैत सिटि हार्दिक निमन्त्रणा गर्दछ ।
# कार्यक्रमको झलक
मिती २५ डिसेम्बर बिहीवार २०१४
समय : दिउसो २:३० देखी ५:३० बजे सम्म ।
स्थान : नेपाली ख्रीष्टियन चर्च मालिया कुवैत सिटी ।
संपर्क : 94455103 / 65522894 / 50508014
बिशेष सु-समचार युक्त भजन,न्रित्य, नाटक अनी प्रबचन ।
साथमा कार्यक्रम पस्चात विशेष प्रेम भोजको ब्यवास्था ।