Daily Archives: 30/11/2014

” हजुर बरीष्ठ हस्त नमस्कार “



राज मल्ल ठकुरी , कुवेत

10834160_747474891974390_983472026_nप्रसंग हो ,कुवेतले आयोजना गरेको २१ देशका प्रतिनिधि सम्मीलीत अवुदाबि डाईलगको अन्तराष्टिय सम्मेलनमा भाग लीन आएका हाम्रा श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङ साथै मन्त्री सगै आएका श्रम मन्त्रालयका सचिव भोला प्रसाद सिवाकोटी, र सहसचिव बुद्धि बहादुर खड्का संग गत शुक्रबार कुवेतमा कार्यरत नेपाली समुदाएका अगुवाहरुबीचको परीचयात्मक तथा आपसी अन्तरक्रीया कार्यक्रमको जुन नेपाली दुतावास कुवेतको सभाहलमा आयोजना गरीएको थीयो। पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज, कुवेतले तमू ल्होछार अतिथी कलाकार खेमराज गुरुङ को साथ मनाउने


सुरेश गुरुङ,कुबेत

10592985_1491831341099970_5101161563077221126_nतमू समाज, कुवेतले सन् २००९ मा आफ्नो स्थापनासँगै मनाउँदै आएको तमू (गुरुङ्) जातिहरुको परम्परिय महान पर्व “ल्होछार” यस वर्ष पनि डिसेम्बर २६ ,२०१४ शुक्रबारका दिन कुवेतको मबुला कमेनिटी हलमा धुमधामका साथ मनाउने भएको छ । खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होछार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई थप प्रगाढ तथा पारदर्शी बनाउने उद्देश्यले तमू समाज, कुवेतले ल्हु ल्हो(भेडा बर्ग)लाई स्वागत र तल्हो(घोडा बर्ग)लाई बिदाइ गर्दै तमु जातीको महान पर्ब ल्होछार एक समावेशी ढंगबाट मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा दुई नेपाली युवाले गरे आत्महत्या


रामचन्द्र भट्ट
सानफ्रान्सिस्को (अमेरिका)– दुई बर्षअघि लाखौं रुपैयाँ दलाललाई बुझाउँदै अमेरिका प्रवेश गरेका एक नेपालीले न्यूयोर्कमा आत्महत्या गरेका छन्। मेक्सिको हुँदै दुई अमेरिका छिरेका दाङ तुलसीपुरका २६ बर्षिय मोहन वलीले न्यूयोर्कको व्यस्त मानिने कुइन्स रिजवडस्थित घरको तेस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन्। उनी केही समय अमेरिकाको दक्षिणी राज्य टेक्सासमा बसेका थिए । केही महिना अघिमात्र न्यूयोर्क पुगेका वली आफू बस्ने घरको तेस्रो तलाबाट हामफालेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

इच्छुक नेपालिहरुलाई रोजगारिको सुनौलो अबसर


ईन्द्र भुसाल,कुवेत
रोजगारीको ’boutमा बिबिध खबर आउने क्रम सगै नेपालीहरुको लागि कुवेतमा एक राम्रो अबसर आएको समाचार छ । अमेरिकन युनिवरसिटी अफ मिडलइस्टमा बिभिन्न पदमा रोजगारी खुलेको र रोजगारको खोजिमा रहेको ब्यक्ती कुवेतमै रहेको र १८ नम्बर भिषा हुनुपर्ने छ । सम्बन्धित ठाउँमा कार्यरत ईन्द्र श्रेष्ठका अनुसार निम्न पदमा रोजगारी खुलेको जानकारी दिएका छन । मासिक तलब र अन्य सुबिधापनी राम्रो रहेको उक्त ठाउँमा जान इच्छुक ब्यक्तिहरुले निम्न ठेगानामा संपर्क गर्न सक्नु हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्