अर्थपूर्ण एकता अपरिहार्य: प्रधानमन्त्री कोइराला


काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताएका छन्। अठारौँ सार्क शिखर सम्मेलनको उद्घाटन गर्दै उनले तीन दशक लामो यात्रा पूरा गर्नै लागेको सार्कलाई प्रगतिको पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक भएको बताए।
दक्षिण एसियाका जनतामाझ गरिएका बाचा पूरा गर्नेतर्फ सार्क मुलुक इमानदारीका साथ लाग्नुपर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री कोइरालाले गरिबी, भोकमरी, आतङ्कवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको सामना गर्न सार्क मुलुकले सामूहिकरुपमा काम गर्नुपर्नेमा जोड दिए।
सदस्य देशबीच साँचो अर्थमा गहन एकताको अभिवृद्धि, व्यापार–वाणिज्य क्षेत्रको विकास गर्दै दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) कार्यान्वयन, सार्कका संस्थागत संयन्त्रहरूको सुदृढीकरण, सार्क क्षेत्रमा वस्तु तथा सेवा व्यापारको अवरोधरहित ढुवानी र जनताको आवागमनका लागि साझा प्रतिबद्धताका साथ आवश्यक काम गर्न जरुरी भएको प्रधानमन्त्री कोइरालाले बताए।
दक्षिण एसियाको बहुआयामिक गरिबी घटाउन कृषि, स्वास्थ्य, सरसफाइ, महिला सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेर दक्षिण एसियालाई समुन्नत क्षेत्रका रुपमा विकास गर्न स्रोत, साधन, प्रविधि तथा विज्ञान र प्रविधिको क्षेत्रले प्रतिपादन गरेका नवीनतमा साधनको बुद्धिमत्तापूर्वक उपयोग गर्नैपर्नेमा जोड दिए।
दक्षिण एसिया जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेको र अस्थिर मौसमका कारण जोखिम अझ थपिएकोतर्फ सार्क मुलुकका शीर्ष नेतृत्वको ध्यानाकर्षण गर्दै क्षेत्रीय एकताको भावनाबाट ती चुनौतीलाई परास्त गर्नुपर्ने विचार व्यक्त गरे।
नेपालको पछिल्लो राजनीतिक अवस्था’bout संक्षिप्त जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले नेपाललाई शान्ति, प्रजातन्त्र र स्थायित्वको मार्गमा अग्रसर गराउन जनचाहनाअनुसारको संविधान लेखनमा लागेको जानकारी दिए।
संविधानसभाबाटै समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सरकार क्रियाशील रहेको दोहोर्या,उँदै उनले राष्ट्रिय मेलमिलाप एवम् राष्ट्रिय एकताको आधारमा संविधान निर्माण गर्न नेपालका राजनीतिक दल लागिपरेको बताए। रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.