नेपालसँगको सम्बन्धको समीक्षा हुनेछः प्रधानमन्त्री मोदी


narendramodi_20141125094518नेपाल जानुअघि मोदीको विज्ञप्ती
नयाँ दिल्ली, मंसिर ९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहीआएको बिशिष्ट सम्बन्धका कारण चार महिनाको अन्तरमा दोस्रो पटक काठमाडौं भ्रमणमा जान लागेको बताउँदै आफूले यो अवसरमा आफूले नेपालसँगको सम्बन्धको समीक्षा गर्ने बताएका छन् ।

बुधबारबाट सुरु हुने १८ औं सार्क शिखरका अवसरमा मंगलबार काठमाडौं जान लागेका प्रधानमन्त्री मोदीले एक विज्ञप्ती जारी गर्दै ‘छिमेकीहरुसँग निकटवर्ती सम्बन्धको विकास गर्ने भारत सरकारको प्राथमिकतामा रहेको’ जनाएका छन् । उनले क्षेत्रीय तहमा सामाजिक-आर्थिक विकाससँगै ‘एकीकृत दक्षिण एशिया’को समझदारीमा अघि बढ्न द्विपक्षीय, क्षेत्रीय वा उपक्षेत्रीय पहलकदमी जरुरी रहने बताएका छन् । प्रधानमन्त्री मोदीले सार्क शिखरका अवसरमा आफूले दक्षिण एशियाली सरकार प्रमुख तथा समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाएका छन् ।

‘गत अगष्ट महिनामा नेपाल भ्रमणमा गएका बेला गरिएका द्विपक्षीय समझदारी तथा निर्णयले व्यवहारमा उल्लेख्य प्रगति गरेका छन्, ‘प्रधानमन्त्री मोदीको मन्तव्य उद्घृत बिज्ञप्तीमा उल्लेख छ, ‘म प्रधानमन्त्री सुशील कोइराला र अरु नेपाली नेताहरुसँग हाम्रो सम्बन्धको समीक्षा गर्नका लागि तत्पर छु । यसैगरी, केही ठोस सम्झौता र आपसी सम्पर्क तथा विकासका समझदारी तय हुनेमा आशावादी छु ।’

विदेश मन्त्रालयबाट जारी बिज्ञप्तीमा प्रधानमन्त्री मोदीको अपेक्षाकृत जनकपुर तथा लुम्बिनी भ्रमण’bout केही खुलाइएको छैन । यी धार्मिक स्थलहरुमा प्रधानमन्त्री मोदी अर्को अवसर पारेर निकट भविष्यमा भ्रमणमा जाने विदेश मन्त्री सुषमा स्वराजले बताएकी छिन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.