गीता तुल्य सुशुक्ती युक्त नितीप्रद शिक्षा दियौ कन्ञ्चन


कविता (नर्किय सुडानमा)6a00d8341df99053ef01901e4ee76a970b-700wi copy

नेपाली सेना (मु.पं. जमदार) विश्वनाथ नेपाल हाल सुडान यु.एन. मिसन

मेरो धर्मपत्नी पुत्रहरु  को सम्झनामा……

गीता तुल्य सुशुक्ती युक्त नितीप्रद शिक्षा दियौ कन्ञ्चन ।
ग्रिहै उज्वल बन्छ कारण तिमी गर्छ्यौ मिठो शासन ।।
गिर्दा काम नगर्न प्रेरित गरी सम्झाउछ्यौ माधुरी ।
गिर्ने छैन कदापी यो भुबनमा हे प्राण प्राणेश्वरी ।।

तारा तुल्य मुहार हिस्सी रजनी सम्झेर बस्दै छु है ।
तारा कै गुधुलि कि भित्र ममता को राज्य रच्दै छु है ।।
तादो बेस्कन कस्छु वादा नजरै त्यो तीर रोपिन्न र ।
तारा तुल्य अजस्र पोख्छु ममता पायर छोपिन्न र ।।

बिश्वै हाक्छु बिशाल भन्छ कतिको बन्दैछ त्यो शासक ।
जिध्दी गर्छ बनेर लाड अबुझै मच्चाउदै तान्डब ।।
यत्रो रात बिते बिते दिनहरु बाबा नआको किन ।
बाबा खोज्न म जान्छु भन्दै ढिप्पी गरेको दिन ।।

बिश्वासै कतिको रहन्छ धिर भै गर्ला कि वा चकचक ।
खोजी गर्छ कती मलाई संगिनी दौडिन्छ कि रगरग ।।
बाटो हेर्छ म आउने कतिकती रोहला पिता खै भनी ।
भन्देस है रुपमालिनी सरसिली आउँदैछ छिट्टै भनी ।।

कान्छो पुत्र विश्वाशको गर निकै प्रिया तिमी चाकर ।
विशाल जेष्ठ सुपुत्र बन्छ सहरा हन्बेर्नु त्यो बन्छ र ।।
हप्काई काम नलाउ है प्रिय सखी लौ प्रेमले लाउ है ।
झर्को मान्नु निको हुँदैन संगिनी तुल्यायरै खाउ है ।।

मेरो याद गरी नडुप्नु पिरमा हासो सँगै ज्युनु है ।
गर्दै आदर प्रेम भाब सबको अर्ती बडा ल्युनु है ।।
तिम्रो नाम जपेर बस्छु दिनहु नर्किय सुडानमा ।
बग्यो अश्रु कती छुटेर सँगमा ओझेल उडानमा ।।

तिम्रो पतिदेब/बाबा
विश्वनाथ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.