अतितको यादहरु तिमीले भुलाए पनी
बगैचाको फुलहरु तिम्रै लागी फुलेको जस्तो लाग्छ
त्यो हिमालबाट बगेका ति निला नदिहरुले
तिम्रै सुन्दर चेहेराको वर्णन गर्दै बगेको जस्तो लाग्छ
मन्द मन्दा हावाहरुले तिम्रै लागी
फुलहरुले सूवास छरे जस्तो लाग्छ मलाई
यता हेर्छु उता हेर्छु तर घाम र जुनाले पनि
तिमीलाई हेर्न हतार गरे जस्तो लाग्छ मलाई
म त स्वार्थी थिए
यो दुनियाँमा तिमीलाई नै पाउनको लागी
तर बिछोड भएर के भयो र
तिमीले दिएको मुटुको चोटको पल सँगालेर
आफ्नै भात्किएको सपना बोकी हिडिरहेको छु
तिम्रो खुशीहरु पुरा गर्न सकिन
मेरो चाहना सबै खुशी पाउनु पर्छ अब तिमीले
म भनी बिर्स्याईदियोस तिम्रो दिल भित्र उस्ले
किनकी म तिम्रो खुशी दिन नसकेको ब्याक्ती
दुखी बनाई पाप गर्न सक्दिन मैले
अन्तिम ईच्छा
तिम्रो यादमा बाच्ने अधिकार देउ मलाई
प्रथाना गर्ने छु संसार तिम्रै पक्षयमा सदा रहोस् भनी
म त नराम्रो, अरु सबै सज्जन तिम्रो लागी हुनेछन
एकादेशको कथामा आधारित ”म” तिम्रो जिन्दगीको
अब अतित सम्झिएर बाँच्न पाए पुग्छ मलाई
डम्बर जङ मल्ल (आसु)
लम्जुङ कुन्छ १ देउराली