कुवेतबासि नेपाली हरूको चाहना अनुशासित समाज र सामाजिक भावना
कुवेतको फाहिल श्थित सनैया फुटबल स्टेडियममा – माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेत द्वारा अायोजित, १४ औ यम बि बमजन गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिनको उद्घघाटन खेल सैाहार्द पुर्ण वातावरणमा सम्पन्न भयो। क्लबका अध्यक्ष श्री जय अाले ज्युको सभापतित्वमा भएको उक्त खेलको उद्घघाटन नेपाली राजदुतावास कुवेतका कार्यवाहक राजदुत श्री बिशाल भट्टराइ ज्यु र कुवेतको नेपालि समाजमा चिर परिचित ब्याक्तित्व, समाजसेवी, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका सस्थापक तथा बरिष्ठ सल्लाहकार श्री राजेन्द्र तमाङ् ज्यु बाट भएको थियो। उद्धाटनको समयमा नेपाली समाज कुवेतका विभिन्न संघ संस्थाका पदाधिकारीहरू । १३ टिमका खेलाडिहरू, खेल प्रेमि नेपाली हरूको बाक्लो उपस्थिति रहेको थियो। साथै उद्घघाटनकै अवसर पारेर कुवेतमा काम गर्न भनि अाएका नेपाली कामदार तथा अन्य अाप्रवासि कामदार हरूको समस्या र तिनको समाधानको उपायको जानकारी लिन भनि खटिएका अष्ट्रेलीयाको अन्तराष्ट्रिय संस्था (वाल्क फ्री फाउन्डेशन) का कर्मचारिहरूको पनि उपस्थित रहेको थियो । उक्त उद्धघाटन समारोहमा का.वा. राजदुत श्री विशाल भट्टराइ, समाजसेवी कल्वका बरिष्ठ सल्लाहकार क्लव सस्थापक श्री राजेन्द्र तमाङ्, एन.अार. एन.ए कुवेतका अध्यक्ष तथा क्लवका सल्लाहकार श्री धर्मराज गीरि, एन.अार.एन. एन.सि.सि. का कोर्डिनेटर श्री सुजनकेसी , लगाएतका ब्याक्तिले खेलको ’boutमा अ-अाफ्नो सकारात्मक धारणा ब्यक्त गर्नु भएको थियो ।
१४औं बमजन कपलाई सिफा अल जजिरा मेडिकल सेन्टर कुवेतले पलाटनियम स्पोन्सर, यूएई एक्स्चेन्ज कुवेत र हिमालयन बैंक हिमाल रेमिट नेपाल ईभेन्ट स्पोन्सर, मालाबार गोल्ड एण्ड डाइमण्डले डायमण्ड स्पोन्सर र ट्राभल क्लबले गोल्ड स्पोन्सर गरेका छन भने एनआरएनए कुवेत लगायत बिभिन्न व्यक्ती बिशेष हरुले पनि क्लवलाई आर्थिक सहयोग गरेका छन ।
कुवेतमा कार्यरत केहि सहयोगी नेपाली दाताहरूले पनि उक्त प्रतियोगिता सम्पन्न पार्नका निमित्त खेलको लागि अार्थिक सहयोग गरेका थिए र केहिले अाउदा खेलमा अार्थिक सहयोग गर्ने जानकारी पनि गराएका थिए।
# पहिलो चरणको उदघाटन खेलमा गतसालको बिजेता द टाईगर र रकस्टारको बिचमा भएको थियो। उक्त खेलमा द टाइगरले रक स्टारलाइ ३ -० को अन्तरले हराएको थियो।
# पहिलो चरणको दोस्रो खेल मातृभुमि ए र अलघानिम बिच भएको खेलमा । अलघानिमले मातृभुमि ए लाइ ५-१ को अन्तरमा हराएको थियो ।
# पहिलो चरणको तेस्रो खेल नभ प्रतिभा र मातृभुमी बि, बिच भएको खेलमा । नभप्रतिभाले मातृभुमी बि लाइ ३ – २ को अन्तरले अराएको थियो ।
# पहिलो चरणको चैाथो खेल स्विडिस र युनिक नेपाल बिच भएको थियो । उक्त खेलमा स्विडिसले युनिक नेपाललाइ ३ -१ को अन्तरले हराएको थियो ।
# पहिलो चरणको पांचैा खेल खराफि नेशनल र प्रवासी नेपाल बिच भएको थियो। उक्त खेलमा प्रवासि नेपालले खराफि नेशनललाइ २ -० को अन्तरले हराएको थियो ।
# पहिलो चरणको छैंठैा खेल एमएमसी र एन्एफसीको बिचमा भएको थियो । उक्त खेलमा एन्एफसीले एमएमसी लाइ २ -० को अन्तरले हराएको थियो ।
अरू खेल अाउदो शुक्रवार नोभेम्बर २८ र शुक्रवार डिसेम्बर ५ का दिन सोहि खेलमैदानमा हुने जानकारिका।
साथै खेललाइ शान्ति र सैाहार्धपुर्ण बातावरणमा निरन्तरतरता दिनको लागी माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं कुवेतले ,सम्पुर्ण, कुवेत बासि खेल प्रेमी नेपाली दिदि बहिनि तथा दाजु भाइहरूलाइ अाग्रह गरेको छ । क्लवलाइ अार्थिक सहयोग गर्नु हुने सम्पुर्ण ब्यक्तित्वलाइ ह्रदय देखिनै धन्यवाद दिनुका साथै सम्पुर्ण, कुवेत बासि खेल प्रेमी नेपाली दिदि बहिनि तथा दाजु भाइहरूलाइ , खेलको मजालिन उपश्थित हुन क्लवले अाग्रह गरेको छ।
अन्य तस्विरका लागी कृपया यसमा क्लिक गर्नु होला धन्यवाद।।।
https://www.facebook.com/Dharmasir/media_set?set=a.10204008034858943.1073742033.1165507918&type=3