डा. सिके राउतलाई मधेशको एकमुठी माटो दिन नसक्ने सरकारलाई धिकार !


1111देशलाइ माया गर्ने राष्ट्र प्रेमीले आखिर किन मधेशको मात्र माटो मागे ? वास्तवमा डा. सिके राउतले जेलमा केबल एक मुट्ठी माटो मागेका रहेछन तर मधेशको । फेरिपनी त्यो दिन नसक्ने नेपाल सरकारलाई धिक्कार । शायद यसमा सोंचनिय कुरा छ त्यसैले पनि होला एक मुठि माटो पनि जेलमा उपलब्ध नगराएको ।

मधेशी, पहाडी, हिमाली हामी सबै नेपाली । मधेशको किल्ला अझसम्म मजबुत छ त केवल एउटा मधेशीले दिनरात नभनी नेपाल देशको खातिर किल्लाको संरक्षण गरिरहेको छ । न की पहाडका ब्याक्तिले । त्यस्तै हिमालको पनि हालत छ । हिमालमा बस्नेले पनि उही सास्ति खेप्नु परेको छ । त्यसैले मधेशी नेता भन्न रूचाउने साईन्टिष्ट डा. सि.के. राउतलाइ पनि स्वभाविकै होला मधेशको माया लाग्नुमा । किनकी म, हामी, तिमी, तपाईं जन्मेको घर, अागन, टोल, गाउँ प्राणभन्दा प्यारो हुन्छ । तर त्यो भन्दा पनि प्यारो हाम्रो देश नेपालको हुनु पर्दछ ।

“नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” सच्चा देशभक्तको लागि त्यो नै एउटा सहि विचार हो । तर यस्तो नभई रहेको अबस्था छ । यहाँ कयौं राजा, राणा, नेतादेखी उच्च निकायमा, राज्यसत्तामा, राज्यमा जो जति अाए-गए राजनितकज्ञ भनाउदा, कुटनितिक भनाउदा देशप्रेमी भनाउदा प्राय सबैले नेपाल अामाको नाम बेचेर अाफ्नो दुनो सोझ्याउने काम मात्र गरिरहे । यहाँ कसैले पहाडिको नाममा, कसैले हिमलीको नाममा, कसैले मधेशिका नाममा त कसैले जात जातिको नाममा घृणित राजनिति गरिरहे । वितेका कैयन बर्ष यहाँ कसैले केहि गरेनन् शिवाय सोझासिधा जनतालाई उक्साउनु र राजनिति दलदलमा फसाइ एक अर्कामा लडाउने र बाहिरबाट मजालिने काम बाहेक अरू केहि भएन यहाँ । त्यसैले मलाइ डा. सिके राउतका यि यस्ता हर्कतले पनि सोझा सिधा जनताको बुद्दि भुट्ने काम गर्छ र एक दिन डा. सिके राउत उच्च निकायमा पुग्छन र हामी सोझा सिधा जनतालाइ जस्ताको तस्तै हो । डा. सिके राउत.. अहिले नेपाल अामालाई एउटा सच्चा सपुतको खाँचो छ । त्यो भोलि जेलको हावामा बसेर बुद्दि फिरेको खण्डमा मधेश र मदेशी शब्दलाइ फेरेर मेरो देश र मेरो देशलाइ भनि अघि बढेको खण्डमा अवश्यमय नेपाली जनताले तिम्रो साथ दिन बाध्य हुनेछन । तिमी जस्तो बिद्द्वान नेताको अति नै जरूरी रहेको महशुस भइरहेको अबश्था छ । यो मेरो केबल अाफ्नो विचार हो ।

डम्बर प्रसाद रिमाल
हाल कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.