कुवेत, एसीसी यू-१९ प्रिमियर लिगको अाजको खेलमा नेपालले कुवेतलाई २ सय ६२ रन रनले पराजित गरेको छ । ३ सय २६ रनको लक्ष्य पछ्याएको कुवेतलाइ नेपाली बलरले २७ ओभर ४ बलमा कुवेतलाई ६३ रनमा सिमित बनाइ दिएको थियो ।निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले ३ सय २५ रन जोडेको थियो । कुवेत सिटीको दोहा इन्टरटेन्मेन्ट सिटी मैदानमा कुवेतले टस जिति फिल्डिङ रोजेको थियो । हिजोको खेलमा ८९ रन बनाउँदै हिरो भएका शंकर राना शुन्य रनमै आउट भएपछि नेपाल संकटमा परेको थियो । आजको खेलमा नेपालका लागि आरिफ सेखले- ८७, सौरभ खनालले-६४, सन्दिप सुनारले-४९, दीपेन्द्र एैरीले-४८, राजु रिजालले-३१ रनको महत्वपूर्ण योगदान गरे । नेपालले अतिरिक्त ३९ रन पाएको थियो ।
राम्रो प्रदर्शनिका कारण अाजको खेलमा नेपालका उपकप्तान अरिफ शेख लाइ म्यान अफ दि म्याचमा घोषित गरिएको छ।
कुवेतका लागि शाहरुख कुदुसले २ विकेट लिए ।
नेपालले आइतबार साउदी अरेयिबासँग विजय सुरुआत गरेको थियो । साउदीसँगको खेलमा नेपालले ३ सय २१ रन बनाएको थियो ।
बुधबार नेपाल मलेसियासँग भिड्ने छ ।