संविधान निर्माणमा दबाब दिन सुनसरीमा संयुक्त युवा तथा विद्यार्थी संयत्र गठन


bikal-regmi.सुनसरी, कात्तिक १९ – तोकिएको समयमा संविधान जारी गरी मुलुकलाई नयाँ दिशा तर्फ डोर्याउन शीर्ष दलका नेताहरुलाई दबाब दिने उद्देश्यका साथ सुनसरीमा संयुक्त युवा तथा विद्यार्थी संयन्त्र गठन भएको छ । अनेरास्ववियु, वाइसिएल, अखिल क्रान्तिकारी, राप्रविस, युवा संघ नेपाल, सदभावना युवा संघ, तराइ मधेस युवा फन्टलगायतको संगठनहरु मिसिएर सुनसरीमा संयुक्त युवा तथा विद्यार्थी संयन्त्र गठन भएको हो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको बाक्लो उपस्थितीमा भएको भेलाले इटहरीका युवा बिकल रेग्मीको संयोजकत्वमा १५ जना बढीको समिती गठन गरेको हो । सो भेलालो एक जनामात्र संयोजक रहेर बाँकीका सबै सदस्य रहने गरी समिति गठन गरेको समितिका संयोजक रेग्मिले बताए ।

उक्त समितिको सदस्यहरुमा जिवी गजल , किसन राई , सिताराम घिमिरे , गौरीमान परियार , सुरेन्द्र उराव , पूर्णबहादुर भुजेललगायत अन्य सदस्यहरु रहेका छन् । स्थानीय स्तरमा रहेर केन्द्रीय तहका राजनीतिक दलका शीर्ष नेताहरुलाई समयमै संविधान जारी गरी मुलुकमा दिगो शान्ति स्थापना गराउन र बेलाबेलामा खबरदारी गराइरहन सो समितिले महत्वपूर्ण भुमिका निर्वाह गर्ने समितीका संयोजक रेग्मीले बताए ।
– See more at: http://www.ratopati.com/2014/11/05/179901.html#sthash.5vU3L2cG.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.