Daily Archives: 01/11/2014

साँस्कृतिक मञ्चले मिर्गौला पीडितलाई ५०,००० आर्थिक सहयोग गर्ने


ईन्द्र भुसाल,कुवेत

देउसी भैइलोको  दान   मनबिय  कार्यमा 
1कुवेतको नेपाली समाजमा पहिलो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मञ्चले पर्वत होर्स्याङ्दी ५ कि मिर्गौला रोगी रितु पौडेलको लागि ५०,००० आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मकवानपुरमा दुई बस जुद्घा १० को मृत्यु, ३० घाइते


रमेशकुमार पौडेल/ मदन ठाकुर
accitant-photoचितवन/रौतहट-काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको यात्रुबस मकवानपुरको बसामाडीमा एक आपासमा ठोकिँदा १० जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गअन्तर्गत पर्ने बसामाडीमा शनिबार बिहान सवा २ बजे दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुका अनुसार दुर्घटनामा परि ३० जना घाइते भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

गृहमन्त्रीको अभिव्यक्तिविरुद्ध राप्रपा नेपालले विरोध प्रदर्शन गर्दै


१५ कात्तिक, काठमाडौं । गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर राप्रपा नेपालले आज रत्नपार्क विरोध प्रदर्शन गर्दैछ । गृहमन्त्रीले हिन्दु धर्मको अस्था विपरितको अभिव्यक्ति दिएको भन्दै राप्रपा नेपालले अपराहृन सवा ४ बजे विरोध सभा गर्न लागेको हो । सभालाई पार्टी अध्यक्ष कमल थापा लगायतले सम्बोधन गर्ने प्रवक्ता विष्णु भट्टराईले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस-एमालेको साझा प्रस्तावः ६ प्रदेश र संसदबाट निर्वाचित प्रधानमन्त्री


साना दलको समर्थन जुटाउन बालुवाटारमा छलफल
१५ कात्तिक, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले ६ प्रदेश र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको साझा प्रस्ताव तयार पारेका छन् । संवैधानिक राजनीतिक तथा सम्वाद समितिले दलहरुको अडाननसहित संविधानसभामा प्रतिवेदन बुझाउने तयारी गरेपछि कांग्रेस र एमालेले साझा प्रस्ताव बनाएर धेरैभन्दा धेरै दलको समर्थन जुटाउन प्रयास थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुले साझा प्रस्ताव’bout साना दलका दलका नेताहरुसँग छलफल गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्