जन-जाग्रितिको हाजिरी जवाफमा कोशेली ग्रुप प्रथम


ईन्द्र भुसाल,कुवेत
2कुवेतको नेपाली समाजमा माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब पछी दोस्रो पुरानो सस्था जनजाग्रिती युवा समाज कुवेतले अाज आयोजना गरेको अन्तरनेपाली प्रथम हाजिरीजवाफ प्रतियोगिता ६ नेपाली टिमको सहभागीतामा कुवेतमा कृयाशिल नेपाली समाजका प्रमुख ,साहित्य प्रेमी ,कलाकार ,पत्रकार ,खेलाडीहरुको उपस्थितीमा सभ्य किसिमले सम्पन्ह भएको छ । निर्धारित समय भन्दा केही ढिला सुरु भएको कार्यक्रमको सभापतित्व जनजाग्रिती युवा समाज कुवेतका अध्यक्ष दिपक क्षेत्रीको सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रमलाई महासचिब आनन्द आचार्यले सञ्चालन गर्नु भएको थियो । नेपाली दुताबाश कुवेतका कार्यबाहक राजदुत बिशाल भट्टराई प्रमुख अतिथीको रुपमा उपस्थित कार्यक्रममा दुतावास सहचारी सुरेश अधिकारी, माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका अध्यक्ष जय आले, बौद्धिक ब्यक्तित्व किरण पौडेल, किशोर शर्मा, साँस्कृतिक मन्चका अध्यक्ष टिकाराम आचार्य, मेचीकाली बचत कोषका अध्यक्ष बशन्त थापामगर, झापाली समाजका अध्यक्ष आई.पी. भट्टराई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष शिब सुब्बा, नब प्रतिभा युवा समाजका अध्यक्ष दिनेश मल्ल, अनेसास कुवेतका अध्यक्ष मनोज मनसुन, किरात राइ यायोक्खाका अध्यक्ष अमित राई, तमु समाजका सचिब राजु गुरुङ, दलित एकता सञ्जालका अध्यक्ष आश ब.नेपाली, नया नेपालका अध्यक्ष दिल पुनमगर, यूएई एक्सचेन्जका राम बस्नेत, पत्रकारहरु तोयानाथ दाहाल, ईन्द्र भुसाल, शिवराम पौडेल, सुरेश गुरुङ, राज मल्ल, अर्जुन बस्नेत लगायत अन्य नेपाली समाजका अगुवाहरु अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । 5

दिप प्रज्वल गरेर उदघाटन गरिएको कार्यक्रममा प्रमुख अतिथी कार्यबाहक राजदुत भट्टराईले जन जाग्रिती युवा समाजले गरेका हरेक कामले प्रबाशमा नेपालीहरुलाई सहयोग पुगेको र श्रीजनशिल नयाँ कार्य गर्दै गएकोमा खुशी ब्यक्त गर्दै कुवेतमा नेपालीहरु शान्त र कामप्रती लगनशिल भएर अगाडि बढेको हेर्न चाहेको धारणा राख्नु भएको थियो । सस्थाका उपाध्यक्ष ठाकुर पौडेलले जनजाग्रिती युवा समाज कुवेतले स्थापना पछी गरेका कार्यक्रम र मानबिय कार्यको फेहरिस्ता प्रस्तुत गर्दै आगामीदिनमा सस्थाले आफ्नो सिधान्तलाई बलियो बनाउदै अझै नयाँ कार्यक्रम गर्ने योजना सुनाउदै सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै बौद्धिक ब्यक्तित्व किरण पौडेलले कार्यक्रमको तारिफ गर्दै जनजाग्रित युवा समाजको सदैब प्रगतीको कामना गर्नु भएको थियो ।3

प्रतियोगितामा भाग लिएका ६ टिममा कोसेली ग्रुपले प्रथम स्थान र किरात याक्थुङ चुम्लुङ दोस्रो स्थान प्राप्त गर्न सफल हुनु भएको थियो भने विश्व साहित्य महासघ तेस्रो भएको थियो । प्रतियोगितामा भाग लिने सबैलाई प्रमाणपत्र को ब्याबस्था गरिएको कार्यक्रममा बिजेता प्रथम ,दितिय र त्रितियलाई मेडल ,प्रमाणपत्र र कपको पुरस्कार बितरण गरिएको थियो । प्रथम हुने टिममा कोसेली ग्रुपका अध्यक्ष सुजन केसी ,सुस्मा बराल र ईन्द्र पोख्रेल हुनुहुन्थ्यो भने कोसेली ग्रुपले १३ अंक ,किरात याक्थुङ चुम्लुङ ले ८ अंक र विश्व साहित्य महासँगले ६ अंक प्राप्त गर्नु भएको थियो ।

पुरस्कार बितरण भन्दा अगाडि कार्यक्रमको ’boutमा समिक्षा गर्दै क्लब अध्यक्ष जय आले ,पत्रकार तोयानाथ दाहाल ,पत्रकार ईन्द्र भुसाल ,झापाली समाजका अध्यक्ष ईन्द्र भट्टराईले कार्यक्रम शान्त र नियम पुर्वक रहेको र यो बौद्धिक बिकासको कार्यक्रम भएकोले प्रबाशी जीवनमा बिद्यार्थी जीवनको सम्झना आएको धारणा राख्दै भबिस्यमा पनि जनजाग्रितीले नयाँ र गूणात्मक कार्य गरोस भन्दै शुभकामना दिनु भएको थियो ।

4पुरस्कार बितरण समारोहमा बौद्दिक ब्यक्तित्व किरण पौडेल ,क्लब अध्यक्ष जय आले,कार्यक्रमका सभापति दिपक क्षेत्री ,उपाध्यक्ष ठाकुर पौडेल सरिक हुनु भएको थियो भने उपस्थित दर्शक दिर्घाबाट बिबेक ढकालले धेरै प्रस्नको जवाफ दिदै ३ पटक चकलेट बिजेता बन्नु भएको थियो । भाग लिने अन्य ३ टिममा दलित एकता सञ्जालले ४ अंक ,मेची महाकाली एकता समाजले ३ अंक र अन्तरास्तिय साहित्य समाजले १ अंक प्राप्त गर्नु भएको थियो । ६० मिस्रित प्रस्नमा भुलोग ,अन्तरास्टिय ,साहित्य ,उखान र कुवेत समेटिएका थिए। अत्यन्त राम्रो बातावरणमा सम्पन्ह भएको हाजिरी जवाफ प्रतियोगिता हेर्न दर्शकहरु पनि उल्लेख्य थिय भने सबैलाई चिया ,कफी र पानीको ब्याबस्था गरिएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष दिपक क्षेत्रीले समाजले गरेको हरेक कार्यक्रममा सबैबाट सहयोग मिलेको भन्दै सहयोगी ,सहभागी ,मिडियाकर्मी र दर्शकलाई बिशेष धन्यवाद दिनु भएको थियो । कार्यक्रम साझ ६ बजे सम्म चलेको थियो ।1198

7

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.