समयमै संविधान बन्नेमा एमाओवादीको शंका


UCPN_Maoist_OFFICE_20141030084210काठमाडौ, कार्तिक १३ – प्रमुख विपक्षी एमाओवादीले माघ ८ मा नयाँ संविधान जारी हुनेमा शंका प्रकट गर्दै सहमतिका लागि चौतर्फी दबाब सृजना गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवासमा दुई दिनसम्म चलेको स्थायी समिति बैठकले संविधानका अन्तर्वस्तुमा मतैक्य बनाउन पार्टीको तर्फबाट हदैसम्म लचिलो हुने निर्णय समेत गरेको छ ।

सत्तारूढ कांग्रेस र एमालेले संविधानका मुख्य विवादित मुद्दाको छिनोफानो गर्न आलटाल गरेको भन्दै उसले त्यसो गर्नुको कारण खोजतलास गर्ने समेत भएको छ । ‘हाम्रो तर्फबाट पर्याप्त लचकता अपनाउँछौं’, बुधबार सम्पन्न बैठकमा भएका सहमति’bout उल्लेख गर्दै एमाओवादी नेता अग्निप्रसाद सापकोटाले कान्तिपुरसँग भने, ‘एमाओवादीका कारण संविधान बनाउन ढिलाइ भयो भन्ने सन्देश सत्तारूढ दलहरू दिन चाहन्छन् । हामी त्यसलाई रोक्नेछौं ।’

बैठकमा अध्यक्ष दाहाल र वरिष्ठ नेता एवं संवाद समिति सभापति डा.बाबुराम भट्टराईले दलहरूसँग भएका अहिलेसम्मका वार्ता र पार्टीको अडान’bout नेताहरूलाई अवगत गराएका थिए । बैठकमा नेताहरूले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीकरणका एजेन्डामा एमाओवादीले अगुवाइ गरेकाले पनि सत्तारूढ दलले त्यसमा जोडिएका अन्तर्वस्तुमा सहमति खोज्न विलम्ब गरेको दाबी गरेका थिए । राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणालीजस्ता विवाद मिलाउन

भन्दा माघ ८ पछिको सत्ता समीकरणमा कांग्रेस र एमालेको ध्यान पुगेको समीक्षा बैठकले गरेको थियो ।

‘हामी प्रतिपक्षमा छौं । तर संघीयताको सवालमा एमाओवादी सत्तापक्ष र कांग्रेस, एमाले चाहिँ विपक्षी बनेको जस्तो अवस्था देखियो,’ एमाओवादीका अर्का नेता टोपबहादुर रायमाझीले भने । उनका अनुसार प्रदेशको संख्या अघिल्लो संविधानसभाको विघटनअघि जेठ २ मा भएको सहमति आसपासमै खोजिनुपर्ने बैठकको निष्कर्ष थियो । ‘त्यसबाहेक शासकीय स्वरूप, निर्वाचन प्रणालीमा समेत आवश्यकताअनुसार लचकता प्रदर्शन गर्ने गरी अन्य दलसँग वार्ता गर्ने भएका छौं,’ उनले भने, ‘दलका आ-आफ्नै अडान कायम राख्ने हो भने माघ ८ को रटान गर्नु नै बेकार हुन्छ । त्यसैले सबै एक कदम पछि हटी सहमति खोज्नुपर्छ ।’

शासकीय स्वरूपमा एमालेले कांग्रेसले लिएको संसदीय व्यवस्थाको अडानलाई

साथ दिएकोमा बैठकमा अध्यक्ष दाहालले आश्चर्य प्रकट गरेका थिए । एमालेले भन्दै आएको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीप्रति एमाओवादी

नरम भएको थियो । प्रदेशको संख्या र नामकरणमा साथ पाइने विश्वासले पनि उसले एमालेको खाकालाई सहमतिको विन्दु बनाएको थियो ।

‘तर, एमालेले नै शासकीय स्वरूपमा आफ्नो अडान नराखेपछि हामीले समात्ने कुरा पनि भएन,’ नेता सापकोटाले आगामी दिनमा पार्टीले बोक्ने एजेन्डा’bout भने, ‘संघीयतामा कुरा मिलेमा एमाओवादीले शासकीय स्वरूपमा नरमपन देखाउँछ । मेरो गोरुको बाह्रै टक्का भन्ने हो भने चाहिँ त्यो संविधान नबनाउने चाला हुनेछ ।’

संविधान निर्माण र पार्टीको केन्द्रीय समिति

बैठक व्यवस्थापनका लागि

बसेको बैठकले परिवर्तनका एजेन्डामा साथ दिने संविधानसभाभित्र र बाहिरका राजनीतिक शक्तिबीच एकताबद्ध भई अघि बढ्ने निर्णय गरेको छ । एमाओवादीले आधारभूत विषयमा सहमतिमा जाने, बाँकी विवादित प्रश्नहरू चुनावी प्रक्रियामा गई टुंग्याउन सकिने बताएको छ ।( कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.