पार्टीले उठाउँदै आएको एजेण्डाको सम्बोधन हुनुपर्ने थापाको जोड
काठमाडौं, कात्तिक १३– राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हिन्दु राज्य पुनःस्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले हिन्दु राज्य बिनाको संविधान कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै राप्रपाले सुरुदेखि उठाउँदै आएका मागहरुको कुनै न कुनै रुपमा संवोधन हुनु पर्नेमा जोड दिए ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईसँग बिहीबार बिहान सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा थापाले यस्तो बताएका हुन् । उनले लामो इतिहास बोकेको राजतन्त्रलाई पनि कुनै न कुनै स्थान दिनुपर्छ भने पक्षमा पार्टी रहेको र अन्य दलहरुपनि यसमा गम्भीर हुनुपर्नेमा जोड दिए थिए । यसैगरी थापाले संघीयता, शासकीय स्वरुप निर्वाचन प्रणाली, हिन्दु राज्य, गणतन्त्रलगायतका विषयलाई जनमत संग्रहबाट टुंग्याइनु पर्ने धारणा छलफलका क्रममा राखेको अध्यक्ष थापाका स्वकिय सचिव दामोदर वाग्लेले रातोपाटीलाई जानकारी दिए ।
थापाले संविधान जारी गर्दा देशको चौथो ठूलो शक्ति राप्रपा नेपालको पनि सहमति चाहिने भन्दै तीन दलीय सिन्डिकेट लादिएर जवरजस्ती संविधान जारी गरिए त्यो दिगो नहुने समेत चेतावनी दिएका थिए
जवाफमा सभापति भट्टराईले आफूहरु सहमतिमै संविधान जारी गर्न निरन्तर छलफलमा रहेको भन्दै सहमति, विधि र प्रक्रियाभन्दा बाहिर गएर संविधान जारी नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले राप्रपा नेपालले उठाउँदै आएको संघीयता, शासकीय स्वरुप निर्वाचन प्रणाली, हिन्दु राज्य, गणतन्त्रलगायतका विषयहरुमा आफूहरु संवेदनशील रहेको बताउँदै यी सबै विषयमा गम्भीर ढंगले दलहरुबीच छलफल लचाउने प्रतिबद्धता व्यक्त प्रतिबद्धता व्यक्त गरेका थिए ।
संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयासस्वरुप अनौपचारिक छलफलमा जुटेका भट्टराईल सहमति जुटाउने प्रयास स्वरुप थापालाई भेटेका थिए । समितिले संविधानका विवादित विषयमा सहमति जुटाउन लगातार प्रयास गर्दै आएपनि असफल हुँदै आएको छ । समतिलाई कात्तिक १५ गतेभित्र विवादित विषयामा सहमति जुटाउन समयसीमा छ ।
– See more at: http://www.ratopati.com/2014/10/30/178219.html#sthash.52jNEbYH.dpuf
बाबुरामले भने– हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको विषयमा छलफल हुन्छ
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.