मुककाजी गुरुङ, हङकङ
२६ अक्टोबर २०१४ का दिन युनलोंगस्थित थिएटर हलमा नेपाल क्लब हङकङ तथा अन्तर्राष्ट्रिय नेपाली फिल्म एकेडेमीको आयोजनामा(इन्फा) फिल्म अवार्ड भब्यताका साथ सम्पन्न भएको छ।
नेपालबाट आमन्त्रित उप-प्रधानमन्त्री एवं स्थानीय बिकासमन्त्री प्रकासमान सिंह श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै सञ्चालित उक्त कार्यक्रमलाई नेपाल क्लबका सचिव भरत लामाले शुरुवात गरेका थिए भने क्लबकै अध्यक्ष श्रीमती रिता गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन। स्वागत मन्तब्यकै क्रममा रिता गुरुङले नेबिको इन्फा फिल्म अवार्डमा नेपालबाट आमन्त्रित प्रमुख अतिथि उप-प्रधानमन्त्री एवं स्थानीय बिकासमन्त्री प्रकाशमान सिंह श्रेष्ठ तथा वहांकीधर्मपत्नी श्रीमती सृजना सिंह श्रेष्ठ, इन्फाका अध्यक्ष दिपक श्रेष्ठ, नेपाली चलचित्र क्षेत्रका कलाकार, हङकङका विशिष्ट ब्यक्तित्व लगायत सम्पूर्ण दर्शक महानुभावहरुलाई हार्दिक स्वागत एवं धन्यवाद ब्यक्त गरिन। यसैगरि हङकङ नेपाली महासंघका प्रदीप थापाले पनि हङकङ नेपाली महासंघको तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
मन्तब्यकै क्रममा इन्फाका अध्यक्ष दिपक श्रेष्ठले इन्फा भर्खरै मात्र जन्मेको भन्दै नेपाल क्लब हङकङका अध्यक्ष श्रीमती रीता गुरुङ लगायत हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर नभए दिएको भए सायद इन्फाको जन्मनहुने बताए। यसैगरि वहांहरुकै पहलमा हङकङमा इन्फा अवार्ड आयोजना भएको बताए। यसै गरि शुभकामना मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि उप-प्रधानमन्त्री एवं स्थानीय बिकासमन्त्री प्रकाशमान सिंह श्रेष्ठले चलचित्र क्षेत्रका चलचित्रकर्मी, कलाकार र प्राविधिकहरुको प्रोत्साहन, उत्साह एवं प्रेरणा दिनको लागि इन्फा अवार्ड थालनी भएको बताए।यो इन्फा अवार्ड आउंदो बर्षहरुमा अझ ब्यापक रुपमा महत्व तथा प्रभावकारी ढंगले बढ्दै जानेमा बिश्वास ब्यक्त गर्दैइन्फा अवार्ड पूर्ण सफलताको कामना गरे।
कार्यक्रमको शुरुवातमा इन्फा नेपाल र नेपाल क्लब हङकङको संयुक्त पहलमा नेपाली आदिवासी चलचित्रहरुको सम्मान र प्रवर्द्धनको लागि आदिवासी भाषामा निर्मित ९ वटा चलचित्रहरुलाई प्रमुख अतिथि उप-प्रधानमन्त्री तथा बिकासमन्त्री प्रकाशमान सिंह श्रेष्ठको बाहुलीबाट सम्मानपत्र प्रदान गरियो।
सम्मानित उक्त ९ चलचित्रहरु यस प्रकार रहेका छन।
१, पहिलो नेवारी चलचित्र- सिला
२, पहिलो थारु चलचित्र- करम
३, पहिलो लिम्बु चलचित्र- तरेवा
४, पहिलो मगर चलचित्र- लाङ्घाम
५, पहिलो राई चलचित्र- सायाबुङ
६, पहिलो गुरुङ चलचित्र- पातें
७, पहिलो तामाङ चलचित्र- सेमरी छोरङान
८, पहिलो मुगल चलचित्र- सोल्जी
९, पहिलो सुनुवार चलचित्र- सेदार
इन्फा अवार्ड समारोहमा २० भन्दा बढी विधामा अवार्ड वितरण गरिएको थियो। चलचित्र “नाई नभन्नु ल-२ ले बर्षकैसर्वाधिक अवार्ड हात पार्दै बर्ष २०७० को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ भने उत्कृष्ट अभिनेतामा चलचित्र महशुसबाट आर्यन सिग्देल र उत्कृष्ट अभिनेत्रीमा नम्रता श्रेष्ठले चलचित्र मौनबाट अवार्ड हात पारेका छन। यसैगरि दयाहाङ राई र प्रियंका कार्कीले पपुलर आर्टिस्टको अवार्ड जितेका छन।
अवार्ड वितरणकै क्रममा नेपाली चलचित्र क्षेत्रमा बिशेष योग्दान पु-याए वापत वरिष्ठ चलचित्रकर्मी एवं निर्माता उद्धवपौड्याललाई लाइफ टाइम एचीभमेन्ट अवार्ड प्रदान गरे भने अवार्डसंगै नगद नेपाली ५ (पांच) लाख रुपियां पनि प्रदान गरेका छन। सम्मानकै क्रममा वरिष्ठ चलचित्रकर्मी शिव श्रेष्ठ पनि सर्वश्रेष्ठ नायक अवार्डद्वारा सम्मानित भएकाछन भने बिजय लामा, भुवन केसी, गौरी मल्ललाई क्रमश: सुपर हिरो, अभिनय तारा र कला प्रतिमूर्ति अवार्डबाटसम्मान गरेका छन। यसैगरि दार्जिलिङ्गमा बसेर पनि नेपाली चलचित्रलाई बिशेष
योग्दान पु-याएको भन्दै अविनास गुरुङलाई पनि रिकग्निसन अवार्डद्वारा सम्मान गरेका छन। निशा अधिकारी र अर्जुन कार्कीलाई पनि सागरमाथा आरोहण गरेको भन्दै सम्मान गरिएको थियो।
कार्यक्रममा मलिना जोशी र अनुप बिक्रम शाहीको आकर्षक नृत्यसंगै हांस्यकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) को प्रहसनले कार्यक्रमलाई थप उर्जा प्रदान गरेको थियो भने अभिनेत्री नन्दिता केसी र माला लिम्बुलगायत स्थानीय कलाकारहरुले पनि बिभिन्न गीत तथा नृत्य प्रस्तुत गरेर अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठलाई सम्झेका थिए। यसै क्रममा दयाहाङ राई, निशा अधिकारी लगायतले आफ्नो भावी चलचित्र “हाउ फन्नी” को छोटो स्टेजशो समेत गरेका थिए।
पूर्व मिस नेपाल माल्भिका सुब्बाद्वारा उद्घोषित इन्फा अवार्ड समारोहमा समयको अभावले अवार्ड समारोहकै लागि हङकङ आएका चर्चित कलाकारहरु जितु नेपाल (मुन्द्रे), विल्सन बिक्रम राई (तक्मे) लगायत अन्य नायकनायिकाहरुले समेत आ-आफ्नो प्रस्तुतिहरु दर्शकहरु मांझ पस्कन सकेनन।
स्मरणीय रहोस गत हप्ता २० अक्टोबर २०१४ का दिन सातौं नेफ्टा फिल्म अवार्ड २०१४ हङकङमै सम्पन्न भएको थियो भने हप्तादिन पछि पुन: इन्फा फिल्म अवार्ड समेत सम्पन्न भएको छ।
नेबिको इन्फा फिल्म अवार्ड २०१४ मा अवार्ड विजेताहरु यस प्रकार रहेका छन।
१, उत्कृष्ट फिल्म- (नाइँ नभन्नू ल-२)
२, निर्देशक- विकास आचार्य, (नाइँ नभन्नू ल-२)
३, अभिनेता- आर्यन सिग्देल, (महसुस)
४, अभिनेत्री- नम्रता श्रेष्ठ, (मौन)
५, पटकथा- सुरज सुब्बा नाल्बो, (बितेका पल)
६, कथा- नवीन गौली, सुरज भुसाल, (मौन)
७, सहअभिनेता- सुरजसिंह ठकुरी, (नाइँ नभन्नू ल-२)
८, सहअभिनेत्री- प्रियंका कार्की, (नाइँ नभन्नू ल-२)
९, खलअभिनय- झरना थापा, (कोही त छ)
१०, हास्यअभिनय- सीताराम कट्टेल, (६ एकान ६)
११, संगीतकार- वसन्त सापकोटा, (नाइँ नभन्नू ल-२)
१२, गीतकार- कृष्णहरि बराल, (नाइँ नभन्नू ल-२)
१३, गायक- प्रेम परियार, (नाइँ नभन्नू ल-२)
१४, नृत्य- कविराज गहतराज, (काली)
१५, नवअभिनेता- अनमोल केसी, (होस्टेल)
१६, नवअभिनेत्री- सुजाता कोइराला, (मञ्जरी)
१७, छायांकन- पुरुषोत्तम प्रधान,(ढुवानी)
१८, सम्पादन- अनन्जय खड्का, (साँघुरो)
१९, द्वन्द्व निर्देशन- राजेन्द्र खड्गी, (नथिङ इम्पोसिबल)
२०, गायिका- मिलन अमात्य, (काली)
२१ फ्रेस फेस अवार्ड – मलिना जोशी, (ऋतु)
२२, मस्ट पपुलर एक्टर- (दयाहाङ राई)
२३, मस्ट पपुलर एक्ट्रेस- (प्रियंका कार्की)