मलेसियालाई ३६ रनले पराजित गरि समूह विजेता हुँदै नेपाल डिभिजन दुईमा


timthumbमलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन तीन अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई ३६ रनले पराजित गरेको छ। वर्षाले खेल अवरूद्ध भएपछि डिएल नियमका आधारमा नेपाल ३६ रनले विजयी भएको हो। जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लदै डिभिजन दुईमा प्रवेश गरेको हो।
१४३ रनको विजयी लक्ष्य पाएर मैदानमा ओर्लिएको नेपालले वर्षा हुनुभन्दा अगाडि २ विकेट गुमाउँदै २५ ओभर खेलेर ८९ रन बनाएको छ। क्वालालाम्पुरस्थित सेलेङ्गर ट्रफ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ४३. ३ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो।
मलेसियाका लागि अनुवार अरूद्धिनले सर्वाधिक ६९ रनको योगदान दिए। सागर पुनको बलमा कप्तान पारस खड्काबट क्याच आउट हुनुअघि १०२ बल खेलेका अनुवारले ११ चौका र १ छक्का प्रहार गरेका थिए।Nepali-Cricket-team-1
यस्तै किजार हायातले २३ रन बनाए।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए। यस्तै भुवन कार्कीले तीन,शक्ति गौचनले दुई विकेट लिए। सागर पुनले १ विकेट लिए।
आजको खेलमा मलेसियामासँग नेपाल भारी रन अन्तरले पराजित भए पनि नेपालको सम्भावना जिवितै रहन्छ ।
युगाण्डाले बर्मुडालाई पराजित गरे र नेपाल कम अन्तरमा पराजित भए पनि यी दुई टोली डिभिजन टु मा बढुवा हुनेछन् । सम्भावना जिवितै राख्न सिङ्गापुरले अमेरिकालाई पनि भारी अन्तरले पराजित गर्नुपर्नेछ । यस अघि हिजाे भएको खेलमा नेपालले अमेरिकालाई १० रनले पराजित गरेको छ ।
वर्षाले प्रभावित खेलमा नेपालले डकवर्थ लेविसका आधारमा अमेरिकामाथि जित दर्ता गरेको हो । योसँगै नेपाल डिभिजन टु मा बढुवा भएको औपचारिक घोषणाको पर्खाईमा मात्रै छ । ४ खेलपछि नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.