Daily Archives: 28/10/2014

खोटाङ कुवेत सम्पर्क मञ्चको प्रेस बिज्ञप्ती !!


आदरणीय कुवेतबासी दाजुभाई तथा दिदीबहिनीहरु;
खोटाङ कुवेत सम्पर्क मञ्चको तर्फबाट नमस्कार !

बिगत चार बर्ष देखि यस हाम्रो सस्थाले मानबिय कल्याणकारी कार्यहरूमा सहभागी जनाउदै साथै बिभिन्न सस्थागत अनुभवहरु संगाल्दै सम्पुर्ण संघ सस्था एबं बुद्दिजिबी अग्रज तथा शुभचिन्तक हरुको न्यानो माया र अमुल्य योगदानले आज हाम्रो सस्थाको गौरबमय इतिहास बनेको कुरा यहाहरुको माझ दिनको घाम झै छार्लंग छ! पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल १० रनले विजयी


Nepali-Cricket-team-1मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगितामा नेपाल र अमेरिकाबीचको खेलमा नेपाल विजयी भएको छ ।पहिलो ब्याटिङ गरेको अमेरिकाले २२३ रन बनाएको थियो । नेपालले ब्याटिङ गरिरहेको बेला वर्षाले खेल रोकिँदा ‘डकवर्थ लुइस’ नियमको आधारमा नेपाल १० रनले विजयी घोषित भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ रणनीति बनाउन प्रचण्ड निवासमा छलफल हुँदै


Prachanda-1

एमाओवादीमा दुविधा : आन्दोलन गर्ने कि सहमति ?
११ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीले पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै नयाँ रणनीति बनाउने तयारी थालेको छ । यसका लागि मंगलबार प्रचण्ड निवास लाजिम्पाटमा एमाओवादी हेडक्वार्टरको अनौपचारिक बैठक बोलाइएको छ ।
प्रचण्ड निवासमा आयोजित छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै अब कसरी अगाडि बढ्ने भन्ने’bout छलफल हुने एमाओवादी नेताले अनलाइनखबरलाई बताए । साथै मंगलबारको शीर्ष नेतृत्वको छलफलले संविधान निर्माणका विषयवस्तुका साथै पार्टीको केन्द्रीय समितिको बैठकको समेत मिति तय गर्ने नेताले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जेठा दाइको शव लिएर फिरे तीन भाइ


4-BROTHER_20141028091846अफगानिस्तान (जलालावाद), कार्तिक ११ – लमजुङ, बेसीशहरबाट धन कमाउन अफगानी भूमीमा आएका गुरुङ परिवारका चारमध्ये जेठा छोराको आकस्मिक निधन भएपछि आफ्ना दाजुको शव लिएर तीन भाइ घर फिरेका छन् । अघिल्लो दिनसम्म फुटबल खेलमा रमाइरहेका ३४ बर्षे राजेन्द्र गुरुङको भोलीपल्टै आकस्मिक निधन होला भन्ने कसैलाई लागेको थिएन । पढ्नेक्रम जारी राख्नुहोस्