Daily Archives: 21/10/2014

मिरोस्लाभ क्लोसको नक्कल गर्दा भारतीय फुटबलरको निधन


Peter-Biaksangzuala-e1413810931979नयाँ दिल्ली, कार्तिक ४ – जमर्नीका चर्चित स्ट्राइकर मिरोस्लाभ क्लोसजस्तै पल्टी मार्दै गोलको खुसीयाली मनाउने क्रममा एक भारतीय फुटबलरको मृत्यु भएको छ । हातले नटेकरी हावामा उडेर पल्टी मार्ने क्रममा मैदानमा लडेपछि उपचारको क्रममा उनको मृत्यु भएको हो । भारतको राज्य तहको लिग प्रतियोगिता मिजोराम प्रिमियर लिगको दौरान यो अप्रिय घटना घटेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो


मनोज बस्नेत, गोपाल छन्त्याल
snow_fall_969170177पोखरा/म्याग्दी : हिउँमा पुरिएर बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनाको टोली परिचालन गरिएको छ। मनाङको फु र नारमा बेपत्ता भएकाको खोजी गर्न रामबाण गुल्मका सेनानी अमरसिंह थापाको नेतृत्वमा १५ जनाको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जनाए। पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस र एमाले समान धारणासाथ प्रस्तुत हुने


दलहरुबीच आवासीय बैठकको तयारी
काठमाडौं, कार्तिक ४ – सत्तारुढ कांग्रेस र एमालेले धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै अधिकत्तम सात प्रदेशकै अडानमा रहने निश्कर्ष निकालेका छन् । संविधानका मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीका विषयमा सहमति जुटाउन प्रमुख तीन दलबीच आवासीय बैठकको तयारी भइरहेकै बेला सिंहदरबारमा मंगलबार बसेको बैठकले यस्तो निश्कर्ष निकालेको हो । दुई दलले एमाओवादीसँगको छलफलका क्रममा संघीयता र शासकीय स्वरुपमा एउटै धारणा प्रस्तुत गर्ने सहमति पनि गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्