खोटाङ कुवेत संपर्क मञ्चको कार्यक्रम सम्पन्न


ईन्द्र भुसाल,कुवेत
1स्थापना पछी पहिलो कार्यक्रम गरेको खोटाङ कुवेत संपर्क मञ्चको साँस्कृतिक कार्यक्रम अतिथी कलाकारहरुको प्रस्तुती सगै हिजो सम्पन्न भएको छ । निर्धारित समय भन्दा केही ढिला सुरु भएको कार्यक्रममा कलाकारहरु कला राई, सम्झना बुढाथोकी, सविन राई, सन्तोष दुमी राई, रुप कुमार राई र सुमन सर्गमले आफ्नो प्रस्तुती देखाएका थिए।2
सस्थाका अध्यक्ष महेन्द्र राईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली दुताबास कुवेतका कार्यबाहक राजदुत बिशाल भट्टराई प्रमुख अतिथीको रुपमा रहनु भएको थियो भने एन आर एन ए पुर्व अध्यक्ष राजेन्द्र तमाङ बिशेष अतिथीको रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्नुथ्यो । कुवेतमा कृयाशिल नेपाली संघ सस्थाका अध्यक्ष देखी प्रतिनिधि,पत्रकार,कलाकार र खेलाडीहरु अतिथीको रुपमा उपस्थित भएको कार्यक्रममा स्वागत मन्तब्य सस्थाका सदस्य सबिन राउत र अमित राइले आफ्नो भनाई राख्नु भएको थियो । सस्थाका सचिब रेवती भट्टराई,सदस्य रमेश राई र पत्रकार ईन्द्र भुसालले सयुक्त रुपमा सन्चालन गरेको कार्यक्रम साझ ७ बजे सकिएको थियो ।3
कार्यक्रममा बिशेष रुचिको बिषय देउसी भईलो र राईहरुको साँस्कृतिक निर्त्य सिली निर्त्यले दर्शकहरुको मन जितेको थियो भने अतिथीकलाकार सन्तोष दुमी राईले गजल गाउदा माहोल रमाईलो भएको थियो ।

Amit Rai kawita bimochanकार्यक्रमको संचालनकै क्रममा किराँत राई यायोख्खा कुवेत र विश्व साहित्य महासँघ कुवेतका अध्यक्ष कवी अमित राईको “नथाकेको कथा” कविता संग्रहको बिमोचन पनि गरिएको छ । नेपालमा कही दिन अगाडि बिमोचन भएको कविता संग्रह कार्यवाहक राजदुत लगायत सँघ-संस्थाका अध्यक्षहरुको हातबाट कुवेतमा समेत गराईएको हो ।

कार्यक्रममा कला राइले अन्त्यमा सबैलाई नचाएर रमाईलो माहोल भएको कार्यक्रममा कलाकारहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो। कार्यक्रमलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको कार्यक्रममा महिनौ देखी कार्यक्रमको प्रचार प्रसार गरेका नेपाली अन्लाईन मिडियाहरुलाई भने नसम्झेकोमा पत्रकारदेखी शुभचिन्तकहरु खिन्न भएको भान हुन्थ्यो । आयोजकले भने यसमा आफ्नो त्रुटी भएको महसुस गरेका थिए । 4यस्तै, कार्यक्रममा अतिथीको रुपमा निमन्त्रणा पाएर पनि केही संस्थाका अध्यक्ष तथा अतिथीहरुलाई र केही टिकट काटेका दर्शकहरुलाई समेत प्रवेश नदिईएकोमा गुनासाहरु अाज सामाजिक सञ्जाल फेशबुकमा देखिएका छन भने यस्ता किसिमका कमजोरिबाट अन्य सस्थाले केही सिक्ने अबसर पनि पाएका छन । अतिथीकलाकार भोली नेपाल फर्कने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन ।56789

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.