सुरेश गुरुङ,कुबेत
हाम्रो सांस्कृतिक हाम्रो परम्पार भन्ने नारको साथ बिगत केही बर्षदेखी नेपाली समाजमा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै पनि आएको साँस्कृतिक संस्था ले यसपाली भने बिभिन्न जातजातिको भेषभुषा पहिरनको प्रदशनी साथ नेपाली चर्चित लोक पप आधुनिक गायक अर्जुन कौशलको साथमा स्थानीय कलाकार को संयुक्तरुपमा बड़ा दशै सांगीतिक कार्यक्रम भब्यरुपमा मनएको छ।
कार्यक्रमको सभापतित्व लालिगुराँस सास्कृतिक परिवार को अध्यक्ष राजेन्द्र बिरहीले गर्नु भएको थिए। भने कार्यक्रमका प्रमुखअथिति नेपाली दुताबास कुबेतका कार्यबाहक राजदुत बिशाल भट्टराई युएई एक्सचेन्जका बिजनेस डेभलोपमेन्ट म्यानेजर रंजित पिल्लाई एन आर एन ए कुबेतका अध्यक्ष धर्मराज गिरि लगायतले संयुक्तरुपमा दुर्गाभवानीको तस्बिरमा दिप प्रज्वलन गरि पुजाआजा गरि उद्घाटन गरिएको थियो। भने शुभकामना मन्तब्य नेपाली दुताबास कुबेतका कार्यबाहक राजदुत बिशाल भट्टराई युएई एक्सचेन्जका बिजनेस डेभलोपमेन्ट म्यानेजर रंजित पिल्लाई एन आर एन ए कुबेतका अध्यक्ष धर्मराज गिरि लगयत बिभिन्न संग संस्था को अध्यक्ष हरु ले शुभकामना व्यक्त गर्नु भएको थियो।
यसपाली को दशैँ सास्कृतिक कार्यक्रम पहिले को भन्दा फरक किसिम ले मनाएको थियो। कुबेत मा पहिलो पटक नेपालका बिभिन्न जातजातिका भेषभुषा पहिरन प्रदशनी गरिएको थियो। भने यस भेषभुषा को संयोजक लालिगुराँस सास्कृतिक परिवारका बरिस्ठसल्लाहाकार शमिर शाक्य ले गर्नु भएको थियो। यस भेषभुषा प्रदशनी मा राई, नेवार, धिमाल, शेर्पा, गुरुङ, मगर, लिम्बु लगायत नेपाली पोशाक को प्रदशनी गरिएको थियो।
नेपाल बाट आउनु भएको लोक पप आधुनिक गायक अर्जुन कौशल को जोदार प्रस्तुती साथ मा कुबेत बासी नेपाली दाजु भाई दिदी बहिनी हरु लाई पसिना आउने गरी गायक अर्जुन कौशलको सुपर हिट गीतहरु गाएर नचाएको थियो । भने लालिगुराँस सास्कृतिक परिवार का कलाकार भाई बहिनी हरु को धामेकदर प्रस्तुति रहेको थियो । यस कार्यक्रम लाई मुख्य स्पोन्सर युएई एसचेन्ज कुवेत र हिमाल रेमिट नेपाल,र एअर अरेबिया कुबेत ले गर्नु भएको थियो। भने बिभिन्न संग स्थाहरु को पनि बिशेष सयोग गर्नु भएको थियो ।
यस कार्यक्रम लाई नबप्रतिभा युवा समाजले स्वयंसेवक परिचालन गरी कार्यक्रम भबे र सब्बे परेको थियो। भने आयोजक लालीगुराँस सास्कृतिक परिवार ले सम्मानको साथ् मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम अतिनै भब्य र शान्त बाताबरणमा सम्पन्न भएको थियो ।