Daily Archives: 05/10/2014

सहयोगको लागि अपिल,कुवेतबाशी नेपालीहरुका सहयोगी हात एकजुट बनाउ


ईन्द्र भुसाल,कुवेत
1959537_1565661600321672_3122583128621162543_nप्रबाशमा रोजगारी गर्दा गर्दै अनेक थरिका बिमार ,दुर्घटना र बिभिन्न समस्याले पीडित भएका नेपालीहरुलाई कुवेतबाशी नेपालीहरुले मनग्य सहयोग गरेको ईतिहास रहेको छ । शान्तीमाया दोङ होस् वा मन्दिरा परियार ,अनिश खालिन राई होस् वा नेपालमा भएको बाढी पीडित सबै पक्षलाई आर्थिक सहयोग गरेका नेपालीहरुले पुन एक पटक हाम्रै आँखा अगाडि दाई र भाई भन्दै हरेक कार्यक्रममा पुग्ने एक नेपाली युवाको जीवन बचाउन सहयोगी हात अगाडि बढाउने बेला आएको छ ।
राेजगारिकाे सिलसिलामा राेजगार प्रक्रिया मार्फत कानुनी रुपमा ४ बर्ष अगाडि कुवेत आउनु भएका धौलागिरी अञ्चल बाग्लुङ जिल्ला हटिया वडा न ६ बस्ने बर्ष ३० को श्री बाबुराम मल्ल ठकुरी हाल आई बि एन सिना हस्पिटलको आई सि यु मा मृत्यु संग जुधिरहनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारबाट ६ दलको समर्थन फिर्ता


सरकारविरुद्ध २४ दलको सशक्त गठबन्धन
काठमाडौं, असोज १९ – नेपाली काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन छ साना दलले फिर्ता लिने भएका छन् । प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चासँग सहकार्य गर्ने सहमति पछि सरकारबाट फिर्ता हुने ती दलहरु निर्णयमा पुगेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

संघीयता बाहेक कुरा मिलेको दावी


DeubaLondon_20141005101251देउवा लन्डनमा
लन्डन, आश्विन १९ – पूर्व प्रधानमन्त्री एवं कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले निर्धारित माघ ८ मै संविधान आउने बताएका छन् । पारिवारिक भ्रमणमा हाल बेलायत रहेका देउवाले शनिवार लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक अनौपचारिक कार्यक्रममा बेलायतवासी नेपालीलाई नयां संविधान आउने विश्वास दिलाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्