नेपालका सुकुम्बासीको सहयोगार्थ कुवेतमा ‘च्यारिटी शो’ हुँदै


 – चर्चित कलाकार मिलन लामा  कुवेत आउने..

सुरेश गुरुङ, कुवेत  

10647795_840355849330273_529014660_n०७ सेप्टेम्बर २०१४ । पश्चिम नेपालको चितवन जिल्ला, बछौली गाबिस बाघमारा टोलमा २५-३० घरधुरी बस्ती रहेको पिछडिएको वर्गमा आउने कुमाल जातिहरुको कुनै किसिमको भरपर्दो आयश्रोत र शिक्षा-दिक्षा नभएको कारण उनिहरुको दैनिकी तथा साधारण किसिमको जिबन यापनमा समेत निकै कठिनाई आउने गरेको छ ।

दिनभरी अरुको ज्याला मजदुरी गरेर एक छाक खाने कुमाल समुदायको बस्ने घर समेत गरीबी र अशिक्षाको कारण सानातिना खर/पातिले ’boutका र गोबरले लिपेका झुप्राहरु मात्रै छन ।

उक्त पिछडिएको समुदायमा बर्षौंदेखी नेपाल सरकारको नजर नपुगेको अवस्थामा प्रबासमा रहेर पनि नेपाली कला र संस्कृतिलाई जीवान्त राख्नु पर्छ भन्दै लामो समयदेखी कुवेतमा कृयाशिल रहँदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारको सहयोगी नजर भने उक्त कुमाल समुदाय माथि परेको छ । लालीगुराँस परिवारले सो कुमाल बस्तिलाई प्रत्यक्ष आर्थिक सहयोग गर्ने हेतुले आगामी ०९ जनवरी २०१५ शुक्रबारका दिन “परदेशीको माया सुकुम्बासीलाई” भन्ने एक ब्रिहत सांगितिक च्यारिटी शो गर्ने घोषणा गरेको कुवेतनेपाल डट कमलाई जानकारी दिएको छ ।

च्यारिटी शो लाई भव्यरुपमा सफल पार्न परिवारले नेपालबाट राष्ट्रिय स्तरका चर्चित कलाकार लोक गायक मिलन लामा लाई कुवेत ल्याउने भएको छ भने कुवेतका स्थानिय कलाकारहरुले पनि च्यारिटी शो मा आफ्नो प्रस्तुती दिनेछन । च्यरिटी शो बाट उठेको सम्पूर्ण रकम ति कुमाल जातीलाई नेपाल पठाइने संस्थाका महासचिब, च्यारिटी शो संयोजक तथा लोक गायक डिबी लोप्चन तामाङले बताएका छन ।

संयोजक लोप्चनले उक्त ०९ जनवरी २०१५ का दिन कुवेतका कुनै पनी नेपाली सँघ-संस्थाहरुलाई अन्य कार्यक्रमको आयोजना गरी कार्यक्रम नजुधाईदिन र यस कार्यमा सबैले सहयोग गरी दिन अनुरोध गरेका छन ।

यसका साथै, लालीगुराँस सांस्कृतिक परिवारको बडा दशै सांगितिक कार्यक्रम यहि आउदो ३ अक्टोबर २०१४ मा जलिबको वेडिङ हलमा हुन गैरहेको स्मरण गराउँदै दसैंंको कार्यक्रममा पनि नेपाल देखी चर्चित गायक अर्जुन कौसल कुवेत आउने भएका छन भने कुवेतका स्थानिय कलाकारहरुले पनि आ-आफ्नो प्रस्तुती दिने छन ।

परिवारले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई दसैंको चुले निम्तो दिंदै कार्यक्रममा सहभागी भैदिन अनुरोध समेत गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.