खाडीमा नेपाली महिला हराउँदै


ठाकुरसिंह थारू
बाँके, श्रावण ८ – वैदेशिक रोजगारीका नाममा साउदी अरब पुर्‍याइएकी रझेनाका सपना शर्मा र गंगापुरकी नन्की मौर्य दुई वर्षदेखि सम्पर्कविहीन छन् । परिवारले उनीहरूको खोजीका लागि मानव बेचबेखनविरुद्ध कार्यरत संघसंस्थासँग आग्रह गरेका छन् । उनीहरू कुन अवस्थामा छन् भन्ने’bout खुल्न सकेको छैन ।

कुवेत लगिएकी शमशेरगन्जकी ४० वर्षीया महिला ५ वर्षदेखि सम्पर्कमा छैनन् । बर्दिया बेलवा ७ की ३० वर्षीया सीता शर्मा र बर्दिया तारातालकी २८ वर्षीया मुन्नी चौधरी पनि खाडी पुगेको ३ वर्ष पुगेको छ । तर, उनीहरू सम्पर्कमा छैनन् । यसरी रोजगारीका लागि खाडी पुर्‍याई सम्पर्कविहीन भएका सयमध्ये १० महिलाको मात्रै उद्धार सम्भव भएको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । मानव दलालले आफ्नै लगानीमा भिसा बनाएर खाडी पठाइदिने भन्दै लगिएका बढी हराएका हुन् । मानव बेचबिखनविरुद्ध काम गरिरहेको सीमास्थित माइती नेपालले हराएका महिलाको उद्धार हुन नसकेको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष ०७०/७१ मा मध्यपश्चिमबाट ३ सय २८ महिला हराएको निवेदन उक्त संस्थामा मात्रै परेको थियो । ३३ महिलाको उद्धार सम्भव भएकोमा तीमध्ये श्रम र यौन शोषणमा परेका १९ रहेको संस्थाका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए । मानव बेचबिखनका ६ मुद्दा दर्ता भएका छन् ।

तीमध्ये अधिकांश रोजगारीका लागि खाडी गएका हुन् । ‘हामीकहाँ मात्रै वर्षमा ३ सयभन्दा बढी महिला हराएको निवेदन आएको छ । प्रहरी र अन्य अधिकारवादी संस्थामा पनि यस्तै होलान्,’ उनले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘हराएकामध्ये निकै कम महिलाको उद्धार सम्भव भएको छ । खाडी मुलुकमा समस्यामा परेका नेपाली महिलाको उद्धार गर्ने सरकारी संयन्त्र भएकाले समस्या भएको हो ।’

उद्धार गरिएका पनि यौन तथा शारीरिक हिंसामा परेका थिए । केही महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा उद्धार गरिएको थियो । अवैधानिक तरिकाले खाडी जानेको तथ्यांक सरकारी निकायसँग छैन । जसका कारण उता गएका र हराएकाको तथ्यांक नै छैन ।

रोजगारीका नाममा पुर्‍याई सम्पर्कविहीन महिलाको खोजीका लागि सरकारी प्रयास नहुँदा उद्धार सम्भव नभएको अधिकारवादी संस्थाहरूको दाबी छ । खाडी मुलुकमा पुगेका अधिकांश महिला आफन्तकै सहयोगमा पुर्‍याइने गरेको छ । घरमा आर्थिक अवस्था कमजोर र चिनेकै व्यक्तिले विदेश पठाइदिने भएपछि अभिभावकले नै सजिलै जाने सहमति दिने गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.