Monthly Archives: जुन 2014

मेची महाकाली बृद्धाश्रम तदर्थ समिती कुवेतको छलफल कार्यक्रम सम्पन्न


मेची महाकाली बृद्धाश्रम नेपाल भवन निर्माण तदर्थ   समिती कुवेतले हिजो कुवेत सिटिको चौतारी होटलमा एक छलफल कार्यक्रममा राखी अहिले सम्मको मेची महाकाली बृद्धाश्रम भवन निर्माण सम्बन्धी र आज सम्म कुवेतबाट गएको रकमको ’bout कुवेतमा रहेको सम्पूर्ण संघ सस्था र बुद्दीजिबी बोलाई सम्पूर्ण हिसाब किताब पारदर्सी पार्नुको साथै भवन निर्माणकोलागी खर्च १ करोड ३६ लाख लाग्ने सम्भाबना भएकोले भवन निर्माणकोलागी केही मात्रमा टेवा पुर्याउने हेतुले अबको केही महिनामा पूर्ण कुवेतमा नेपालबाट चर्चित कलाकार ल्याइ च्यारीटी सो गर्ने निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

निगमको नयाँ जहाजमा चरा ठोक्कियो


सुरज कुँवर
NA_20140630114756एक साता नपुग्दै जहाज ‘ग्राउण्डेड’
काठमाडौं, असार १६ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको एमए- ६० चिनियाँ जहाजमा चरा ठोक्किएको छ । काठमाडौंबाट उडेको जहाज विराटनगरमा अवतरण गर्नेक्रममा सोमबार बिहान दायाँ इन्जिनमा चरा ठोक्किएको हो । असार ११ देखि औपचारिक उडान सुरु गरेको जहाज एक साता नपुग्दै ‘ग्राउण्डेड’ भएको छ ।निगम स्रोतका अनुसार जहाजका यात्रु भने सकुशल छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेवा गुठी कुवेतको अध्यक्षमा शिव श्रेष्ठ


सुरेश गुरुङ, कुबेत

shiva-shresthaनेवा गुठी कुवेतको दोस्रो साधारण सभा 2७, जुन-२०१४ शुक्रबारका दिन कुवेतको फर्मानिया गार्डेनमा सम्पन्न भएको थियो,साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि शिव श्रेष्ठलाई अध्यक्षपद मा चयन गरेको छ। भने अन्य पदाधिकारीहरुमा निम्नानुसार चयन भएका छन सल्लाहाकार:
यादब श्रेष्ठ
राजन श्रेष्ठ
अध्यक्ष:- शिव श्रेष्ठ
उपाध्यक्ष:- समिर शाक्य
महासचिब:- हर्क श्रेष्ठ
सचिब:- कल्याण श्रेष्ठ
कोषाध्यक्ष:- सानु काजी महर्जन
सह-कोषाध्यक्ष:- राधे श्याम श्रेष्ठ
सदस्यहरु: मंगल डंगोल, उद्धब श्रेष्ठ, बाल कृष्ण महर्जन, नबिन श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, राम कृष्ण श्रेष्ठ, श्रीमती बिमला श्रेष्ठ लगाएत रहेका छन।

तमु समाज कुवेतले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्ह


ईन्द्र भुसाल ,कुवेत 
111रक्तदान जीबनदान भन्ने पवित्र भावनाका साथ तमू समाज, कुवेतले गत शुक्रबार २७ जुन २०१४ का दिन आयोजित दोश्रो रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। संस्थागत रुपमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै, समाजले आव्ह्वान गरेको पवित्र कार्यमा नेपाली तथा बिदेशी गरी १०३ जना भन्दा बढीले रक्तदान गरेको थिए । पढ्नेक्रम जारी राख्नुहोस्

आयोजक ब्राजिल क्‍वार्टरफाइनलमा


images-cms-image-000008307बेलो होरिजोन्टे : ब्राजिल विश्वकप फुटबलको क्‍वार्टरफाइनलमा पुगेको छ। शनिबार राति भएको खेलमा चिलीलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले हराउँदै ब्राजिल विश्वकप फुटबलको अन्तिम आठमा पुगेको हो। निर्धारित समयमा दुवै टिमबाट १-१ गोल भएपछि थपिएको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारको नीति तथा कार्यक्रम आज


rambaran yadhav_20140629091800काठमाडौ, असार १५ – राष्ट्रपति रामवरण यादवले आइतबार अपराह्न ३ बजे संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रधानमन्त्री सुशील कोइराला देशबाहिर भए पनि सरकारले संसदमा वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको हो । प्रधानमन्त्रीले बजेट प्रभावित हुन नदिने गरी कार्यक्रम अघि बढाउन कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई निर्देशन दिएपछि सरकारलाई बाटो खुलेको हो । पढ्नेक्रम जारी राख्नुहोस्