Daily Archives: 27/05/2014

राहदानी टोली देश-देश घुम्ने


मैना धिताल
image (1)कूटनीतिक नियोगले मात्रै चाप थेग्न नसकेपछि कर्मचारी पठाइँदै
काठमाडौ, जेष्ठ १३ – नेपाली कामदार बढी रहेका मुलुकमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने फाराम भर्न सरकारी टोली नै जाने भएको छ । अन्तर्राष्ट्रिय नियमअनुसार हस्तलिखित राहदानी सन् २०१५ को नोभेम्बर २४ सम्म मात्रै मान्य हुनेछ । क्रमिक रूपमा हस्तलिखित राहदानी प्रतिस्थापन गर्न विदेशमा रहेकालाई आग्रह गरिएको छ । तर अत्यधिक कामदार रहेका मुलुकमा मिसनले मात्रै राहदानी चाप थेग्न नसक्ने भएकाले यतैबाट टोली पठाउन लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सार्क भेलाझैं बन्यो शपथ


देवेन्द्र भट्टराई
imageनयाँदिल्ली, जेष्ठ १३ – आगामी नोभेम्बरमा अठारौं सार्क शिखर सम्मेलनको तयारीमा जुटिरहेका प्रधानमन्त्री सुशील कोइराला सोमबार साँझ भारतीय राष्ट्रपति कार्यालयको प्रांगणमा सार्क शीर्षस्थ नेताहरूका माझमा थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथका लागि मिनी सार्क समिटकै झल्को दिने समारोहमा कोइरालाको उपस्थिति कम गर्विलो थिएन । उनी भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीका छेउमा बसेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्