पञ्चकन्या तेज एनपीएल क्रिकेटको च्याम्पियन


Winner-Panchakanya-Tejजगदम्बा जाइन्ट्स ९७ रनले पराजित
१० जेठ, धनगढी । पञ्चकन्या तेजले नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । जगदम्बा जाईन्ट्सलाई ९७ रनले पराजित पार्दै पञ्चकन्या एनपीएल क्रिकेटको च्याम्पियन बनेको हो ।कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा २०१ रनको लक्ष्य पछ्याएको जगदम्बा जाइन्ट्स ३१ दशमलब ४ ओभरमा सवै विकेट गुमाउँदै मात्र १०३ रनमा समेटिएपछि पञ्चकन्या तेज एनपीएल क्रिकेटको च्याम्पियन बनेको हो ।
प्रतियोगिताको च्याम्पियन बनेको पञ्चकन्या तेजले २ लाख नगद र ट्रफी पुरस्कार पायो भने उपविजेतामा चित्त बुझाएको जगदम्बा जाईन्ट्सले १ लाख नगद तथा ट्रफी हात पारेको छ । पहिले टस हारेर व्याटिङको निम्तो पाएको पन्चकन्या तेजले ५० ओभरमा सवै विकेट गुमाएर दुई सय रनको योगफल तयार पारेको थियो । पन्चकन्याका लागि सञ्जय श्रेष्ठले सर्वाधिक ७४ र शरद भेषवाकरले ४५ रन बनाएका थिए ।
पन्चकन्याका शिवांकर सन्यासीले ३, शक्ति गौचन, सोमपाल कामी र निजामुद्यनि अन्सारीले समान २ विकेट लिएका थिए । जगदम्बा जाईन्ट्सका लागि नरेश बुढाऐरले २९, भुपेन्द्र थापाले २२ बाहेक अन्य खेलाडीले आशालाग्दो प्रदर्शन गर्न सकेनन् । प्रतियोगितामा ब्ालिंगमा ६ विकेट लिएका राजकुमार प्रधान म्यान अफ द फाइनल चुनिए ।
प्रतियोगिताका म्यान अफ द सिरिजको उपाधि पञ्चकन्या तेजका भुवन कार्कीले हात पारे । उनलाई होटल जलसाले ११ हजार तथा त्रिभुवन उमाविले १० हजारसहित पुरस्कृत पनि गरेको छ ।
– See more at: http://www.onlinekhabar.com/2014/05/203217/#sthash.lGSc1gqB.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.