एशियन फुटबल च्याम्पियनशिप कुवेतको ओपनिङ म्याच नेपाल र श्रीलंकाबीच हुने


शिवराम पौडेल, कुवेत सिटी  

10289867_1कुवेत-लंका युनाईटेड क्लवले आयोजना गर्न गैरहेको “एशियन फुटबल लिग च्याम्पियनशिप-२०१४” आगामी ३० मे २०१४ शुक्रबारका दिनदेखी खेलाईने भएको छ ।

गत बिहीवार रात्री टिम दर्ता र सहभागी देशहरुको नाम सार्वजनिक गर्दै आयोजकले खेलकुद सम्बन्धी नियमावलीहरु लिखित रुपमा वितरण गरी सम्बन्धित सम्पूर्ण देशका प्रतिनिधिहरुलाई उक्त नियम विपरित गई आफ्नो टिम या सपोर्टरहरुले टुर्नामेण्टलाई बाधा पुर्‍याएमा पूर्ण जिम्मेवारी लिनेछु भनी हस्ताक्षर गराई सिभिल आईडिको कपी लिएको थियो ।

आयोजक श्रीलंका लगायत भारत, मलेशिया, बंगलादेश, इण्डोनेशिया र अफगानिस्तानबाट टिमा अफिसियल र दुतावासका प्रतिनिधिहरुको उपस्थिती रहेको बैठक तथा टिम दर्ता कार्यक्रममा नेपालको तर्फदेखी माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले उपस्थिती जनाएको थियो भने अन्य राष्ट्रका टिमले आ-आफ्नो दुतावासको प्रतिनिधित्वमा खेल्ने पनि बताए ।

10375968_1स्थापना कालदेखी नै नेपाली टिमको प्रतिनिधित्व गर्दै आएको माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले भने नेपाली दुतावासलाई खेल हेर्न र खेलाडिको हौसला बढाउन निमन्त्रणा गरिने बताउँदै नेपाली टिमको नेत्रित्व सदा झैं आफैले गर्ने तर दुतावासलाई लिखित जानकारी गराउने बतायो ।

कार्यक्रममा सुरक्षाको बिषयलाई लिएर व्यापक चर्चा गर्दै सहभागी टिमका लिडर लगायत दुतावास कर्मचारीहरुले बोलेका थिए भने नेपालको तर्फबाट क्लव अध्यक्ष जय आलेले आफ्नो बिचार राख्दै, कुवेतको खेल जगतमा जती माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले भौतिक अनुभव बटुलेको छ शायदै त्यो चाहे जुनसुकै राष्ट्र किन नहोस् छैन होला भन्दै खेलमा आयोजकले हदैसम्म लचकता अपनाउनु पर्ने सुझाब दिनु भयो ।

यसैगरी, श्रीलंकाले शुरुवात गरेको “एशियन लिग फुटबल च्याम्पियनशिप”लाई निरन्तरता दिन म्याचको अन्तिम दिन गोलाप्रथा द्वारा छनौट गरी प्रत्येक वर्ष एक/एक राष्ट्रले यो टुर्नामेण्ट सञ्चालन गर्नु पर्ने आवाज उठाएपछी त्यसको ठाडो खण्डन गर्दै क्लव अध्यक्ष जय आलेले नेपालले सन् २००५ र २०१२ मा E-SAF-C खेलाई यो शुभ कार्यमा आफ्नो दायित्व पुरा गरिसकेकोले अन्य सबै राष्ट्रले २/२ साल खेलाई सकेपछी मात्रै नेपालले खेलाउनु पर्ने धारणा राखेपछी कसैबाट एक शब्द आवाज निस्कन नसकिरहेको अवस्थामा भारतले नेपालको कुरा सहि कुरा हो भनेर समर्थन गरेको थियो भने यस्तो टुर्नामेण्ट सम्पन्न गर्न दक्ष जनशक्ती र लगभग ४ देखी ५ हजार कुवेती दिनारको बजेट जरुरी हुने भएकोले आफुले खुलेर यो प्रस्तावको खण्डन गरेको अध्यक्ष आलेले कुवेतनेपाल डट कमलाई बताउनु भएको छ ।

टुर्नामेण्टमा पाकिस्तानको सहभागिता रहने पक्कापक्की भए पनि टिम दर्ताको दिन उपस्थित हुन नसकेकोले श्रीलंकाले सेट मिलाउन आफ्नो A र B गरी दुई टिम राखेको छ भने पाकिस्तान आएको खण्डमा स्वत: B टिम आउट हुनेछ र फिलिपिन्स समेत आउने सम्भावना रहेकोले आयोजकले पाकिस्तान र फिलिपिन्समा एक टिमा रोज्नु पर्ने छ भने कुनै पनि नआएको खण्डमा B टिम नै खेल्ने छ । ग्राउण्डको समस्या र लिग म्याच भएकोले फस्ट राउण्ड पुरै खेलाएर स्कोरको आधारमा डाईरेक्ट फाईनल खेलाउने आयोजकको प्रस्तवलाई अन्य राष्ट्रले स्विकार गरे पनि नेपाल र इण्डोनेशियाले नामन्जुर गरेपछी २/२ टिमलाई क्वालिफाईड गरि सेमिफाईनल खेलाएर मात्र फाईनल खेलाईने भएको छ ।

फाहाहिलको सबाह ग्राउण्डमा बेलुकिको ठीक ५ बजेदेखी खेलाईने एशियन लिग फुटबल च्याम्पियनशिपको औपचारिक कार्यक्रम एक घण्टा पहिले ४ बजे राखिएको छ भने प्रत्येक टिमलाई ड्रेस कोडमा अनिवार्य उपस्थितीको अनुरोध गरिएको छ भने कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रियता र सस्कृति झल्कने नाच ल्याउँछ भने देखाउनको लागि ५ मिनटको समय आयोजकले प्रदान गर्ने बताएको छ । टुनामेण्टमा सहभागीताको लागि निम्न राष्ट्रका आ-आफ्नो दर्ता गराएका छन भने टाईसिट भोली बेलुकिसम्म प्राप्त हुनेछ ।

10153695_गत बिहीवार टुर्नामेण्टको लागि बेलुकिको ७.३० देको चलेको बैठक रात्री १२ बजे मात्रै टुङ्गिएको थियो भने नेपालको तर्फबाट माउन्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष जय आले, कोषाध्यक्ष शिवराम पौडेल र बरिष्ट सदस्य तथा पुर्व खेलकुद बिभाग प्रमुख जगत मगरले उपस्थिती जनाएका थिए । ओपनिङ म्याचको लागि A पोलबाट गोलाप्रथा गराउँदा नेपालले श्रीलंकासँग शुरुमै प्रतिश्पर्धा गर्नु पर्ने भएको हो ।

टिम म्यानेजर र कोच लगायत २० जनाको नाम मागिएकोमा नेपाली टिमको टिमा म्यानेजर माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका संरक्षक तथा NRNA कुवेतकका अध्यक्ष धर्मराज गिरी रहनु भएको छ भने टिम कोचमा क्लव सचिव जितेन थिङ र टिम क्याप्टेन शसक्त खेलाडी कालिका गुराउ र भाइस क्याप्टेनमा अर्का सशक्त खेलाडी जिम गुरुङ रहनु भएको छ । क्लवले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हाम्रो खेलाडिहरुको हौसला बढाउन ३० तारिख फाहिलको सबाह ग्राउण्डमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.