एमाओवादीमा पदीय विवाद मिल्यो


गंगा बीसी
prachanda-and-baburam-bhatt-300x156वैचारिक विवाद भने महाधिवेशनसम्म जाने
भट्टराई केन्द्रीय सदस्यका रुपमा हेडक्वाटरमा रहने
भट्टराई पक्षका २९ नेता परे
काठमाडौ, जेष्ठ ७ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको दुई साता लामो द्वन्द्व अस्थायी रुपमा समाधान भएको छ । पद त्याग गरेका भट्टराई केन्द्रीय सदस्यका रुपमा ‘हेडक्वाटर’ मा रहने भएका छन् ।

भट्टराईले उपाध्यक्ष पद लिन अस्वीकार गरे पनि अध्यक्ष दाहालले ‘वरिष्ठ’ नेताका रुपमा हेडक्वाटरमा र्फकन गरेको आग्रहलाई स्वीकार गरेका छन् । भट्टराईले आफु केन्द्रीय सदस्यको रुपमा काम गर्ने बताए । ‘म उपाध्यक्षको रुपमा होइन, केन्द्रीय सदस्यको रुपमा काम गर्नेछु,’ उनले भने । दाहालको आग्रहमा नेतृत्वमा फर्किएको उनको दाबी छ ।

भट्टराई राष्ट्रिय सम्मेलनमा वैचारिक र सांगठनिक असन्तुष्टि जनाउँदै पद त्याग गरेर चीन भ्रमणमा गएका थिए । चीनबाट फर्केपछि दाहालसँग दर्जनौं वार्ता गरी उनले केन्द्रीय समितिमा उल्लेख्य संख्या थप गराएका छन् । केन्द्रीय समितिको १ सय ४९ मा भट्टराई पक्षका २९ जना परेका छन् । यो करिब १९ प्रतिशत हो । सम्मेलनबाट भट्टराई पक्षका १५ जना नेताले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका थिए ।

वैशाख अन्तिम साता विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा पद त्याग गरेका भट्टराई र उनको समुह नै केन्द्रीय समितिमा र्फकन लागेका हुन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको ८४ जनाको केन्द्रीय समितिले १ सय ४९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको हो । यो बैठकमा भट्टराई पक्षका नेताहरु थिएनन् । ‘केन्द्रीय समिति विस्तार भएको छ,’ प्रवक्ता दीनानाथ शर्माले भने, ‘सांगठनिक विवाद मिलेको छ, बाबुरामजीहरु सबै आउनु हुन्छ । वैचारिक बहस भने जारी रहनेछ ।’ राष्ट्रिय सम्मेलनले १ सय ५१ सदसीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो ।

संविधान निर्माणलाई मुख्य कार्यदिशा बनाउनुपर्ने, अन्तरसंघर्षलाई व्यवस्थित गर्नुपर्ने र फरक मतलाई सम्मान गर्ने विषयमा आगामी विशेष महाधिवेशनसम्म छलफल गर्दै लैजाने सहमति भएको छ । बिहीबार हुने केन्द्रीय समिति बैठकमा भट्टराई पक्ष सहभागी हुनेछन् । त्यसपछि मात्र कार्यविभाजन हुने भएको छ । भट्टराई पक्षीय नेता टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाउने सहमति भइसकेको छ । नेता देवेन्द्र पौडेल र हिसिला यमीलाई स्थायी समितिमा ल्याउने सम्भावना छ ।

‘वैचारिक बहसको नाममा केन्द्रीय समितिमा आफ्नो पक्षको संख्या बढाउने रणनीति रहेछ,’ संस्थापन पक्षका एक नेताले भने, ‘विराटनगर भएको भए बाबुरामजीका बढीमा १६, १७ जना पर्थे होलान्, विवाद लम्ब्याउँदा १२ थप्ने दाउ मिल्यो ।’

थपिएका केन्द्रीय सदस्यहरु
भट्टराई पक्ष
बाबुराम भट्टराई
टोपबहादुर रायमाझी
देवेन्द्र पौडेल
हिसिला यमी
नवराज सुवेदी
प्रभु साह
गंगानारायण श्रेष्ठ
कुमार पौडेल
वामदेव छेत्री
खगराज भट्ट
रामरिझन यादव
खिमलाल देवकोटा
देवी खड्का
वलावती शर्मा
हेमराज भण्डारी
लीलबहादुर थापा मगर
कर्णध्वज केसी
कृष्ण शर्मा
सुशीला श्रीपाली
सोनाम सिंह स्याङतान
श्रीप्रसाद जवेगु
राजेन्द्रकुमार किराती
देवेन्द्र पराजुली
बालकृष्ण ढुंगेल
अशोक मण्डल
चिनक कुर्मी
लीला भण्डारी
ज्वाला शाह
संस्थापन पक्ष
कालीबहादुर मगर
धनबहादुर मास्की
पेसल खतिवडा
धावा लामा
रामचन्द्र मण्डल
बोधमाया यादव
रामकुमारी चौधरी
नारायणी शर्मा
रेणु चन्द
समिता कार्की
सुर्यमान दोङ
रामकुमार राई
दिलीप महर्जन
मानबहादुर बुढा
राजकाजी गुरुङ
मुक्समाहाङ मयाङ्बो
क्षेत्रबहादुर श्रेष्ठ
सुकबहादुर रोका
तारामान स्वाँर
तिलकराम शर्मा
कृष्ण धिताल
राजकुमार शर्मा
राजुप्रसाद पौडेल
रामचन्द्र शर्मा
चित्रबहादुर श्रेष्ठ
देवराज रेग्मी
गजेन्द्रबहादुर महत
वसन्तकुमार शर्मा
बलराम तिमिल्सिना
चुडामणि खड्का
उमेश यादव
हरिनारायण चौधरी
लक्की शेर्पा
केशव ढुंगाना
विषमलाल अधिकारी दनुवार
विष्णुलाल वाइवा
कपिल लामा
– See more at: http://www.ekantipur.com/np/2071/2/7/full-story/389531.html#sthash.NJ2RkpNs.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.