Daily Archives: 20/05/2014

आगामी शुक्रबार इन्डोनेसिया सँग नेपालको मैत्रिपूर्ण फुटबल खेल हुने


ईन्द्र भुसाल ,कुवेत
footballमाउन्ट एभरेष्ट स्पोर्टईङ क्लब काठमाडौं कुवेतको पहलमा कुवेतमा रहेका नेपाली फुटबल खेलाडीहरुलाई समेटी तयार गरेको नेपाली राष्ट्रिय फुटबल टिम र इन्डोनेसियाको टिम बिच आउँदो शुक्रबार फाहिल क्लबको खेल मैदानमा मैत्रिपूर्ण खेल हुने एन आर एन ए अध्यक्ष एवंम क्लबका पुर्व अध्यक्ष धर्मराज गिरिले बताउनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मोदीको पहिलो विदेश भ्रमण नेपाल


narendra-modi-arrivesकाठमाडौं । नेपालका हरेक प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण दक्षिण छिमेकी भारतमै गर्ने गर्दछन् । भारत नगई अन्य देशको भ्रमणमा जाँदा ठूलै हल्लीखल्ली हुन्छ, जस्तो कि प्रचण्ड पहिला चीन भ्रमणमा जाँदा भएको थियो । उता भारतबाट भने प्रधानमन्त्रीहरु बिरलै नेपाल भ्रमणमा आउछन् । आइके गुजरालपछि कुनै भारतीय प्रधानमन्त्रीहरु नेपाल भ्रमणमा आएका छैनन् । तर भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण भने नेपालमै हुने सम्भावना देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बजेट ६ खर्ब नाघ्ने


गोकर्ण अवस्थी, कृष्ण आचार्य

image.phpकेही मात्रामा तलब बढाउने तयारी
काठमाडौ, जेष्ठ ६ – स्रोत—
राजस्व: ४ खर्ब २४ अर्ब
विदेशी सहायता: १ खर्ब ३५ अर्ब
आन्तरिक ऋण: ५५ अर्ब

आगामी आर्थिक वर्षको बजेटमा सरकारले ६ खर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ । पुर्वाधार, निर्वाचन क्षेत्र विकास कार्यक्रम र कृषिमा सरकारी लगानी बढाउने योजनाअनुरुप ६ खर्ब १५ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी अर्थ मन्त्रालयको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीको राहदानी बंगलादेशीलाई बेच्ने पक्राउ


प्रतिमा बाँस्कोटा
काठमाडौ, जेष्ठ ६ – विदेशमा रोजगारीमा जान लागेका २५ नेपालीको हस्तलिखित राहदानी म्यानपावर सञ्चालकहरूले बंगलादेशीलाई बेचेको पाइएको छ । तीमध्ये ११ जनाको फिर्ता ल्याइएको प्रहरीले जनायो । साउदी अरबको भिसा लागेका ती राहदानी २९ लाख पचास हजार रुपैयाँमा बिक्री गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनायो । उसले राहदानी बेच्ने गिरोहका दुई जनालाई हालै पक्रेको छ । पढ्नेक्रम जारी राख्नुहोस्