Daily Archives: 19/05/2014

एयरपोर्टबाटै सुरू हुन्छ डीभी पर्नेको व्यथा


रेखा ओझा
rekha-Ojha-300x252हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै, सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल–भारत सम्बन्ध अझै सुदृढ बनाउँछु : मोदी


प्रकाश तिमल्सिना
काठमाडौं- पूर्व प्रधानमन्त्री तथा एमाओवादीका नेता बाबुराम भट्टराईले भारतीय नेता नरेन्द्र मोदीलाई विजयीका लागि बधाइ दिएका छन् । आइतबार राति फोन गरी पूर्व प्रधामन्त्री भट्टराईले भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार रहेका मोदीलाई शुभकामना दिएका हुन्।
‘तपाईँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु, तपाईँको नेतृत्वमा नेपाल भारतको सम्बन्ध अझ समृद्ध हुँदै जाओस् भन्ने चाहन्छु’ भट्टराईले शुभकामना दिँदै मोदीलाई भने, ‘तपाईँको विकासको एजेन्डाबाट छिमेकी र नेपाल पनि लाभान्वित हुन सकोस भन्ने चाहान्छु।’ भारतीय लोकसभा चुनावमा भाजपाले स्पष्ट बहुमत ल्याएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कोरियाली कम्पनीको सहयोगले नेपालमा ट्रक उत्पादन हुने


देवेन्द्र सम्बाहाम्फे
सोल, जेष्ठ ५ – दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ग्लोबल अटो टेकको सहयोगमा नेपाली कम्पनी एलटिसी प्राइभेट लिमिटेडले ट्रक उत्पादन गर्ने भएको छ । दुई कम्पनीबीच नेपालमा मझौला आकारका ट्रक उत्पादन गर्ने सम्झौता भएको छ । सोलस्थित नेपाली दूतावासले आयोजना गरेको सेमिनारको अन्तिम दिन शनिबार उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली र दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाको उपस्थितिमा एलटिसीका सानुबाबु श्रेष्ठ, राज लामा र ग्लोबल अटो टेककातर्फबाट क्वन पार्क, सी यन पार्कबीच सोलमा हस्ताक्षर भएको हो । सेमिनार बिहीबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उद्घाटन गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

‘अनुचित’ दौडधुपमा प्रधानमन्त्री


बालकृष्ण बस्नेत
image.phpकाठमाडौ, जेष्ठ ५ – प्रधानमन्त्री सुशील कोइरालाले संसदीय समितिमा विचाराधीन न्यायाधीश नियुक्ति सिफारिसलाई जबर्जस्ती अनुमोदन गर्न दलका शीर्ष नेता र सभासदसँग लबिङ तीव्र पारेका छन् । पदको दुरुपयोग गरी न्याय परिषद् र संसदीय सुनुवाइ विशेष समितिको स्वतन्त्र कामलाई प्रभावित तुल्याएको भन्दै कानुनविद्हरुले प्रधानमन्त्रीको कदमलाई ‘अनुचित’ भनी टिप्पणी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्