Daily Archives: 16/05/2014

कांग्रेसको हार स्वीकार गर्दै सोनियाले भनिन्-जिम्मेवारी लिन्छु


२ जेठ, नयाँदिल्ली – भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिएको छन् । दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोनियाले जनादेश आफ्नो पार्टीविरुद्ध भएको बताइन् । पार्टीेले अपेक्षा गरे जस्तो मसर्थन नपाएको भन्दै उनले भनिन्-’यो जनादेश हाम्रो पार्टीविरुद्ध छ । हामी यो निर्णय स्वीकार गछौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

न्याय परिषद् पदाधिकारीलाई बोलाउने संसदीय समितिको निर्णय असंवैधानिक : सर्वोच्च


२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद्का पदाधिकारीहरुलाई सुनुवाइका लागि बोलाउने संसदीय समितिको निर्णय असंविधान भएको ठहर गरेको छ । साथै सर्वोच्चले आवश्यक भए प्रक्रिया सच्याएर भएपनि सुनुवाइ अघि बढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले संसदीय सुनुवाइमा नजान न्याय परिषदलाई आदेश दिएको छ ।

हस्तलिखित राहदानीलाई पनि स्वीकृति


MRp-Nepali-Pasport-300x236काठमाडौ, जेष्ठ २ – वैदेशिक रोजगार विभागले तीन महिनाअघि गरेको ‘जेठ १ गतेदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिने’ निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले सच्याएको छ । विभागको निर्णयबाट आप्रवासी कामदार समस्यामा परेपछि मन्त्रालयले बिहीबार डिसेम्बरसम्म हस्तलिखित राहदानीमा समेत श्रम स्वीकृत दिने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्