Daily Archives: 15/05/2014

दाहाल–भट्टराईबीच सहमति भएन, केन्द्रीय समिति बैठक अनिश्चित


prachanda-and-baburam-bhatt-300x156काठमाडौं – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच अझै सहमति हुन सकेको छैन् । सहमतिको प्रयासका लागि दाहाल सानेपास्थित भट्टराई निवास पुगेका थिए तर भट्टराईले राजनीतिक र सांगठानिक रुपान्तरणको ठोस आधार तय नभएसम्म आफू केन्द्रीय समितिमा नफर्कने बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

अब एमआरपी भएकाले मात्रै श्रम स्वीकृति पाउने


MRp-Nepali-Pasport-300x236१ जेठ, काठमाडौं । जेठ १ गतेदेखि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भएकाहरुले मात्रै वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति पाउने भएका छन् ।वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीका अनुसार बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने कामदारले हस्तलिखित राहदानीबाट श्रम स्वीकृति पाउने छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारका महानिर्देशक जगेडामा तानिए


krishna-260x300नयाँ महानिर्देशकमा जगन्नाथ देवकोटा
१ जेठ, काठमाडौं । सरकारले बैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुस्करलाई हटाएर जगेडामा ठेलेको छ । महानिर्देशक पुस्करलाई अतिरिक्त समूहमा धेकेलेर सामान्य प्रशासन मन्त्रालयमा हाजिर गर्ने गरी सरुवा गरिएको हो ।
विभागका नयाँ प्रमुखमा जगन्नाथ देवकोटालेे बिहीबारै पदबहाली गरेका छन् । नयाँ महानिर्देशक आएसँगै हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिने निर्णय कार्यान्वयनमा आशंका उब्जिएको छ । देवकोटाले अनलाइनखबरसँग भने-यस’bout अहिले हामी छलफल गर्दैछौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा स्पोन्सरसिप र एक्जिट भिसा हट्यो


होम कार्की
image.phpकरार सकिए ७२ घन्टामै फर्कन पाइने
कम्पनी परिवर्तन गर्न पाइने
राहदानी राख्ने कम्पनीलाई ५० हजार रियालसम्म जरिवाना
दोहा, जेष्ठ १ – कतारले स्पोन्सरसिप र एक्जिट भिसाको व्यवस्था हटाउँदै श्रम बजारमा व्यापक सुधार गरेको छ । स्पोन्सरसिप र एक्जिट भिसाको व्यवस्था हटाउन अन्तर्राष्ट्रिय समुदायले दबाब दिँदै आएका थिए । यो नियम लागू भएपछि कतारमा कार्यरत नेपालीले ठूलो राहत पाउनेछन् ।   पढ्नेक्रम जारी राख्नुहोस्

उपनिर्वाचनमा उम्मेदवारी दर्ता जेठ ११ गते


image.phpआयोगद्वारा निर्वाचन कार्यक्रम प्रकाशित
काठमाडौं, जेष्ठ १ – संविधानसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । आयोगले आगामी असार ८ गतेका लागि पूर्वनिर्धारित निर्वाचनका लागि बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । काठमाडौं- २, चितवन- ४, बर्दिया- १ र कैलाली- ६ मा उपनिर्वाचन हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्